कालीकोट । लगातारको वर्षाले एक दर्जन बढिको ज्यान लिएपछि कर्नालि प्रदेश सरकारका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही स्थलगत अनुगमनका लागि कालीकोट आइपुग्नु भएको छ ।
जिल्लामा प्रकोप व्यवस्थापन र बाढिपिडितको अवस्था बारे बुझ विस्तारका लागि कालीकोटमा आउनु भएका मुख्यमन्त्रि शाहीको उपस्थितिमा दैवि प्रकोप विपद व्यवस्थापन समितिको बैठक बसेको छ । उक्त बैठकमा कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले जिल्लामा विपदको सवालमा कुनै कमि हुन नदिने बताउनु भएको छ ।
बाढिपहिरो को कारण कालीकोटमा भयको क्षति प्रती दुस्ख व्यक्त गर्दै बिपद मा परेका समुदायमा परेका समुदायका लागि गास,बासका लागि घर निर्माण र अन्य धनजनको क्षतिपूर्तिको व्यवस्थापन गरिदिने आश्वसानका साथै बाढिपिडितलाई स्वच्छ खानेपानी को ब्यवस्था गर्ने प्रतिबद्धता जनाउनु भएको छ । कर्नालि प्रदेश सभाका सांसद कुर्मराज शाही लगाएतको उपस्थितिमा जिल्लामा बाढिपिडितलाई राहतको व्यवस्थापन गर्न र विपद व्यवस्थापनका लागि तयारी रहन निर्देशन दिइएको छ ।
कालीकोटमा बाढि परिहोबाट १४ जनाको जयन गएको छ भने ८ जना वेपत्ता भएका छन ।
Discussion about this post