संघ र प्रदेश सरकारले कालीकोटका बाढी पहिरोका मृतकलाई ४ लाख राहत दिने

7
SHARES
15
VIEWS

कालीकोट । लगातारकोे वर्षाका कारण बाढिपहिरोबाट  ज्यान गुमाएका परिवारलाई कर्नालि प्रदेश सरकार संघिय सरकार गरी ४ लाख राहत दिने भएको छ । कर्नालि प्रदेश सरकारका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले आज कालीकोटका बाढि प्रभावित क्षेत्रमा स्थलगत अनुगमनका क्रममा नरहरिनाथ र रास्कोटमा पुगेर उक्त राहतको घोषणा गर्नु भएको हो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नरहरिनाथ गाउँपालिका र सान्नित्रीबेणी गाउपालिकामा पुगेर प्राकृतिक प्रकोपका कारण भएको धन जनको क्षतिको कारण निकै दुखी भएको र सरकार जनताको साथमा रहेको साथै दुखमा साथ पाउनका लागी जनताले भोट हालेर सरकारमा पुगाएकाले विपदको अवस्थामा धैर्य हुन अनुरोध गर्नु भएको छ । मुख्यमन्त्रि शाहीले घर भत्केकालाई प्रदेश सरकारले घर बनाईदिने।

मृतका परिवारलाई प्रति मृतक २लाख का दरले प्रदेश सरकारको बिपत बिमा तथा संघिय सरकारको तर्फबाट प्रति मृतक २ लाख का दरले राहत गरि जम्मा ४ लाख उपलब्ध गराईने घोषणा गर्नु भएको हो । जनताको साथमा कर्नालि प्रदेश सरकार रहेकाले सबैले विपदको घडिमा सहयोग गर्ने वातावारण सृजना गर्न आग्रह गर्दै मुख्यमन्त्रि शाहीले जिल्लामा दैवि प्रकोप तथा विपद व्यवस्थापन समितिको बैठक बसि स्थलगत रुपमा निरिक्षण गर्नु भएको हो ।

मुख्यमन्त्रि शाही कालीकोटका नरहरिनाथ गाउँ पालिका,सान्नित्रिवेणि गाउँ पालिका,रास्कोट नगरपालिका र महावै गाउँ पालिकाका बाढि प्रभावित क्षेत्रमा पुग्नु भएको हो ।जिल्लाका सबै ठाउँमा बाडिपिडितहरुका समस्या तत्काल हल गर्न स्थानिय निकायलाई निर्देशन दिदै कर्नालि प्रदेश सरकारले राहत र सहयोगका लागि पहल चालेको र आगामि दिनमा समेत विपद व्यवसथापनका लागि तयारी रहेको बताउनु भएको छ ।

यस अघि  प्रदेश सरकारका सामाजिक विकास मन्त्रि दल रावतको टोलिले राहत सामाग्रि र विरामीको उद्धार गरेको थियो । कालीकोटमा बाढि पहिरोका कारण रास्कोटमा ५ जना वेपत्ता,१जनाको मृत्यु,नरहरिनाथमा ९ जनाको मृत्यु,सान्नित्रिवेणिमा २ जनाको मृत्यु,१ जना वेपत्ता,महावैमा २को मृत्यु,खांडाचक्रमा १ जना वेपत्ता भएका थिए ।

त्यसै गरी बाढिपहिरोबाट नरहरिनाथ गाउँ पालिकामा २ जना र रास्कोटमा ५ जना घाइते भएका छन । जिल्लामा बाढिपहिरोबाट ठुलो धनजनको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित