नेपालि सेना संग समन्वय गरी सडकको काम थालनि गरिने —अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट । लगातारको वर्षाका कारण आएको बाढिपहिरोले ग्रामिण क्षेत्रमा एक अर्काे गाउँका साथै सदरमुकामको सम्पर्क विच्छेद गराएको छ ।

सडकको पहुंच भएका गाउँ पालिकाबाट सदरमुकाम आउने दुई देखि ३ घण्टा लाग्ने दुरीमा पुग्न सकिने स्थानमा दिनभरको समय लाग्ने भएको छ । कर्नालि राजमार्गको सुर्खेत जुम्ला सडकको कालीकोटमा सडक डिभिजनको पहलमा अबरुद्ध सडक खुलाउन थालिएको भएपनि कर्नालि करिडोरको लालिघाट हिल्सा सडक खण्डको विभिन्न स्थानमा गएको पहिरोको कारण सडक संचालन हुन समय लाग्ने भएको छ ।

शनिबार पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले दुइ घण्टा हिड्ने बाटोमा ६ घण्टा हिडेर सदरमुकाम आउने क्रममा ठाउँ ठाउँमा नपत्याउने पहिरोका कारण सडकको नाम निशान समेत नभएकाले तत्काल नेपालि सेना र स्थानिय तहको समन्वयमा काम गर्न पहल गरिने बताउनु भएको छ ।

तत्काल कामको थालनि नभए बाटोका आवस्था भयावह हुने र समुदायहरुले दुःख पाउने बताउदै अध्यक्ष सेजुवालले नेपालि सेनाको प्राविधिक सहयोग र स्थानिय निकायले श्रोत साधनको व्यवस्थापन गरेर भएपनि सडकको मर्मत सम्भार गरिने बताउनु भएको छ ।

लालिघाट देखि पचालझरना सम्म ५० भन्दा बढि ठाउँमा पहिरोले सडक भत्काएको बताइएको छ । पचालझरनाका स्थानिय तथा नेकपाका पचालझरनाका अध्यक्ष पौरख विकले सडकको पहुंचले बानि विग्रेका नागरिकहरुलाई बाध्य भएर विपदका कारण हिड्नु पर्ने अवस्था आएकाले तत्काल कामको थालनि गर्न सरोकारवाला निकायलाई अनुरोध गर्नु भएको छ ।
जिल्लामा पछिल्लो समय डोजर मार्फत निर्माण भएका सडकहरुमा समेत बाढि पहिरोका कारण नाम निशान समेत नरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित