पचालझरना र नरहरिनाथमा बाढि पहिरोको क्षतिको विवरण ल्याइयो

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना र नरहरिनाथ गाउँ पालिकामा लगातारको बाढिले क्षति भएको विवरण सावजनिक गरिएको छ । नरहरिनाथ गाउँ पालिकामा टोलि पठाई विवरण संकलन गरिएको हो भने पचालझरना गाउँ पालिकाले वडा कार्यालयबाट विवरण संकलन गरी मुख्यमन्त्रिलाई बुझाएको छ ।

पचालझरना गाउँ पालिकामा पूर्ण रुपमा क्षति भएको घरको संख्या २ सय ६२ रहेको छ भने जोखिममा ४ सय १ घर रहेको बताइएको छ झोलुंगे पुल १, कच्चि काठे पुल ४ वटा, सिचाइ कुलो ११ स्थानमा,खाने पानि धारा ४१ वटा र खानेपानि टयांकी ७ ठाउँमा क्षति पुगाएको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ । वहांका अनुसार पहिरोका कारण पचालझरनाको एक मात्र लाफागाड जलविद्युत बन्द भएको छ भने सरकारी कार्यालयहरु विद्यालयका भवन,स्वस्थ्य चौकी भवन र वडा कार्यालयमा गरी ४ स्थानमा असर पारेको बताउदै

मानविय क्षति नभएपनि बाढिपहिरोका कारण जिल्ला भर भएको क्षतिले पचालझरना गाउँ पालिकालाई दुखित तुल्याएको बताउनु भयो । त्यसै गरी नरहरिनाथ गाउँ पालिकामा दुइ दिन अघि खटाइएको टोलिले ल्याएको विवरण अनुसार ३ वालवालिका सहित ११ जनाको मृत्यु,घाइतेको संख्या ३ जना,पूर्ण क्षति भएका घर ३६ वटा,कुखुरा १२ वटा, बाख्रा ५१ वटा, गाई ३ वटा,गोरु ४ वटा र भैसि ९ वटा मरेका छन भने आंसिक रुपमा क्षति भएका घरको संख्या ५१ रहेको विवरणमा उल्लेख गरिएको छ ।

४ सय ५७ घरधुरी बिस्थापीत भएका छन भने ८ सय ८५ घरधुरी उच्च जोखिममा रहेको नरहरिनाथ गाउँ पालिका अध्यक्ष धिरबहादुर विष्ट द्धारा हस्ताक्षरित विवरणमा उल्लेख गरिएको छ ।

साथै विस्थापित परिवारलाई विद्यालयमा राखिएको र व्यवस्थापनका लागि लत्ता कपडा भांडाकुडाको लागि माग गरिएको नरहरिनाथ गाउँ पालिका अध्यक्ष विष्टले बताउनु भएको छ । नरहरिनाथ गाउँ पालिका उपाध्याक्ष मनशोभा बुढाको अगुवाईमा बाढिपहिरो क्षेत्रमा व्यवस्थापनमा विशेष जोड दिइएको थियो । अन्य नगर तथा गाउँ पालिकाले क्षतिको विवरण ल्याउने क्रम जारी रहेको छ ।

कालीकोटका बाहिरपहिरोका कारण १७ को मृत्यु भएको छ भने ६ जना वेपत्ता भएका छन । जिल्ला भर सडक,बाटो घाटो,विद्युत लगाएतका क्षेत्रका साथै ठुलो धनजनको क्षति भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित