जनैपूर्णिमामा नेवार समुदायमा भ्यागुतालाई भात खुवाउने दिन

7
SHARES
15
VIEWS

काठमाडौं । श्रावण शुक्ल पूर्णिमा तथा आजका दिन हिन्दूहरुले जनै फेर्ने प्रचलन छ। यही परम्परालाई महत्व दिएर चाडको नाम जनैपूर्णिमा राखिएको छ। यस दिन रक्षाबन्धन पनि गरिन्छ।

नेवार समाजमा यो दिनलाई ‘गुंपुन्हि’ भनेर चिनिन्छ। विभिन्न गेडागुडी मिसाएर ‘क्वाति’ पकाइने भएर ‘क्वाति पुन्हि’ पनि भनिन्छ। ठाउँ र समाज हेरी अलग अलग सांस्कृतिक गतिविधि गरिन्छ। त्यसमध्ये एउटा ‘ब्यांजा नकेगु’ पनि हो।
‘ब्यांजा नकेगु’लाई खश नेपाली भाषामा शब्दानुवाद गरेर ‘भ्यागुतालाई भात खुवाउने’ भनिएको हो। नेवार समाजमा पनि यो दिनलाई भ्यागुतालाई भात खुवाउने अर्थमा नै बुझिन्छ। तर, केही यस्ता प्रश्न पनि छन्, जसमाथि गम्भीर रुपमा सांस्कृतिक चिन्तन गर्न सकिन्छ।
भ्यागुता वर्षासँग सम्बन्धित जीव हो। रोपाइँ गर्ने समयमा पानी नपर्दा भ्यागुता कराएर वर्षाको देवता मानिने इन्द्रसँग पानी माग्ने चलन कतिपय समाजमा छ। मान्छेलाई भ्यागुता बनाएर घुमाउने चलन पनि छ। भ्यागुताको बिहे गराइदिए पानी पर्छ भन्ने विश्वास पनि पाइन्छ।
पन्ध्र दिनअघिको ‘गथांमुगः’ पर्व रोपाइँ सम्पन्न भएपछि मनाइन्छ। भ्यागुतालाई भात खेती सप्रियोस् भन्ने कामना गरेर खुवाइन्छ। यो दिन बिहानै घरमा लिपपोत गरेपछि भ्यागुतालाई भात खुवाउन पूजा कोठामा आवश्यक बन्दोबस्त गरिन्छ।
भ्यागुतालाई भात खुवाउन विशेषतः ‘ब्यांचास्वां’ भनिने विशेष फूलको पात प्रयोग हुन्छ। त्यो नभएको अवस्थामा सिमी ९फे सिमी० तथा अन्य पात भए पनि हुन्छ। त्यस दिन घरमा पाक्ने भात र ‘क्वाति’ का साथै रोटी र फलफूलका टुक्रा भ्यागुताका लागि तयार गरिन्छ।
देवीदेवताको पूजा गर्न देवस्थल जाँदा पूजासामग्री राख्ने ‘कलः’ मा ती जम्मै सामग्री हालिन्छ। अनि खेतमा गएर एक ठाउँमा पूजास्थल बनाइन्छ। त्यहाँ पहिला पूजा गरेर पातमा भात, क्वाति, रोटी र फलफूल राखेर चढाउने चलन छ। यसरी नै घरको पिखालखु ९प्रत्येक घरको मूलढोका अगाडि रहने भेलु देवताको स्थान० र मूल ढोकामा मात्रै अथवा सबै ढोका र झ्यालमा समेत दायाँ बायाँ भागमा चढाउने पनि गरिन्छ।
भ्यागुतालाई भात खुवाउने सांस्कृतिक पर्वलाई ‘रुद्रयामल तन्त्र’ ले गथांमुगःसँग जोडेको पाइन्छ, जुन तर्कसंगत व्याख्या होइन। उक्त ग्रन्थअनुसार गथांमुगः एक राक्षस हुन्। तर, यसलाई नेवार समाजले राक्षसको रुपमा नभएर भूत मान्छ।
बाहिरबाट आएको उक्त राक्षसको अत्याचारबाट सबै त्राहीमाम् थिए। एउटा भ्यागुताले राक्षसको क्षमतालाई चुनौती दिंदै दलदलमा फसाइदिएको र पछि मान्छेहरुले ढुंगाले हानेर मारिदिएको विश्वास छ। भ्यागुताको यही गुणलाई कदर गरी वर्षमा एकपल्ट भात खुवाउने चलन शुरु भएको मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित