फर्सालको पहलमा शान्तिघाट बासिलाई सिचाई पाइप पठाइयो

7
SHARES
15
VIEWS

कालीकोट । लगातारको वर्षाका कारण सिचाई कुलो भत्किएपछि लगाएको धान सुक्ने चिन्तामा रहेका शान्तिघाट बासिलाई रास्कोट नगरपालिकाका प्रवक्ता तथा वडा न. ६का अध्यक्ष टक्क फर्सालको पहलमा सिचाईका लागि व्यवस्थापन भएको छ ।
तत्काल सिचाईका लागि समस्या टरेपछि स्थानियमा खुशियालि छाएको छ । वडाध्यक्ष फर्साको पहलमा जिल्ला खानेपानि तथा उर्जा इकाइ कार्यालय मान्मबाट १ सय ३० एमएमको ५८ वटा पाइप उपलब्ध गराइएको हो । करिव ३ सय मिटर लामो नहरको लागि पाइप व्यवस्थापन गरिएको हो ।

स्थानियहरुले उक्त पाइप आइतबार शान्तिघाटमा लिएका छन । अबको दुई चार दिन भित्र उक्त पाइपबाट शान्तिघाट खेतमा पानि ल्याउने तयारी भएको वडाध्याक्ष फर्सालले बताएका छन ।
यस वर्ष पनि विगत ५ वर्ष अघिको स्मरण गर्दै आएका शान्तिघाट बासिमा स्थानिय सरकारको पहलमा छिटो छरितो भएको महसुस गरेका हुन ।

हामीले यस वर्ष पनि समयमै धान रोप्न पाएर खुशि भएको अवस्थामा आएको बाढि पहिरोले नहर भत्काएकाले लगाएको धान वालि सुक्ने चिन्तामा रहेको भएपनि समयमा स्थानिय सरकारको पहलमा पाइप उपलब्ध भएकोमा खुशि व्यक्त गर्दै स्थानिय देबेन्द्र बमले धन्यावाद दिएका छन । उनले भने १सय २० घरधुरी रहेको शान्तिघाटमा सुक्ने धान बालिलाई तत्कालको लागि बचाउन सफल भएकोमा खुशि व्यक्त गरेका हुन । बारिढपहिरोले रास्कोट नगरपालिकाको शान्तिघाटका स्थानियलाई सास्ति बेहोर्दै आएका छन ।

वर्षा भयो कि रातभर जाग्रम बस्नु त्यहाँका स्थानियको दैनिक कार्य नै भएको छ । यस वर्षको बाढिका कारण शान्तिघाट खोलाले आवतजावतको लागि सहज हुने झोलुंगे पुल समेत उच्च जोखिममा रहेको छ भने कयौंको खेत बारि समेत लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित