रुप्सामा स्वस्थ्यकर्मिद्धारा विद्यार्थि पठन पाठन गर्दै

7
SHARES
15
VIEWS

कालीकोट । कोरोना भाइरसले लामो लक डाउनका कारण फुर्सदमा रहेका बालबालिकाहरुलाई गाउँमा जम्मा गरेर नरहरिनाथ गाउँ पालिकाका एक स्वस्थ्यकर्मिले विहान बेलुकाको समयमा पढाउन शुरु गरेका छन ।

आफुले विहान ६ वजे देखि ९ बजे र बेलुका ४ बजे देखि ७ बजेको समयलाई मिलाएर आफ्नै टोलका ३१ जना बालवालिकाहरुलाई पढाउने काम शुरु गरिएको स्वस्थ्यकर्मि डण्ड सहकारीले बताएका छन । उनका अनुसार गाउँमा विहान वेलुकाको समयमा मात्र नभई अधिकांस समय फुर्सदमा जहाँ तहि खेलेको देख्दा पढाउनका साथै एक अर्का विच अनुभव सांटा सांट र हाँस्य व्यंग्य,कला प्रस्तुति,मनोरञ्जन गर्नुका साथ कक्षा ८ सम्मका विद्यार्थिहरुलाई अंग्रेजि, गणित, नेपालि पढाउने गरिएको बताए ।

आफु फुर्सद भएमा आफुले समय दिएको र यदि आफु नभएमा गाउँका एक जना युवकलाई आफैले पारिश्रमिक दिएर भएपनि वालवालिकाको बानि पढाइमा निरन्तरता दिनका लागि पढाउन थालिएको बताए ।  नरहरिनाथ गाउँ पालिकाको वडा न. ५ रुप्सा स्थित खलापाटामा अहिले आफुले सिक्ने र सिकाउने काम गरेकाले अन्य टोलका बालबालिकाहरु समेत आउन थालेको र समयको अभावले समाबेस गर्न नसकेको बताए ।

आफुले शुरुवातमा पढ्ने बानिको लागि शुरुवात गर्न खोजेको तर अहिले दिनर्हु आफु नजादां बालबालिकाहरु आफु कहाँ आउने गरेका छन ।घरमा कक्षा संचालन प्रभावकारी भएको अन्य टोलमा समेत विस्तार गर्ने सोचमा रहेको स्वस्थ्यकर्मि सहकारीले बताएका छन ।

घरमा थोरै काम गर्ने र अधिकांस समय घुमफिर गरेर समय विताउने वालवालिकाहरुका लागि अध्ययन गर्ने साधन बनेकोमा स्थानिय अमर बहादुर सहकारीले धन्यावाद दिएका छन । उनले भने घरमा पढ भन्दा भन्दै पनि भनेको नमान्ने बालवालिकाहरुलाई सिक्ने माध्यम भएको बताए ।

अन्य कुनै निकायबाट सहयोग भएमा दिनभर कक्षा संचालन गर्ने योजनामा रहेको सहकारीले वालवालिकाहरुलाई सरसफाई। अनुशासन र अध्ययन गर्ने बानि बसाउनका लागि स्वंयम सेवक रुपमा उक्त कामको थालनि गरेको बताएका छन । कोरोनाका कारण लामो समय विद्यालय संचालन नहुंदा विद्यार्थिहरुले किताव लिएर घरमा थन्क्याएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित