बाढि पहिरोले सडक अबरुद्ध हुंदा स्थानियलाई सास्ति

7
SHARES
15
VIEWS

कालीकोट । बाढि पहिरोका कारण सडक अबरुद्ध भएपछि जिल्लाका स्थानिय बासिलाई सास्ति भएको छ ।

ग्रामिण क्षेत्रमा विरामी परेकालाई स्टेचरमा दिनभर बोकेर ल्याउनु परेको छ भने आवत जावतका लागि समेत समस्या आएको छ । पचालझरना ४का दर्पना रोकाया अकस्मात विरामि पर्दा दिनभरको बाटोमा स्टेचरमा बोकेर सदरमुकाम ल्याउनु परेको स्थानियले बताएका छन । विरामी दर्पना रोकायालाई सोमबार विहान पचालझरना ४ जारकोटबाट स्टेचरमा बोक्दा सांझ ६ बजे जितगडा बजारमा पुगेको विरामीका आफन्त निरज रोकायाले बताउनु भएको छ ।

वर्षाका कारण कर्नालि करिडोरको सडक विभिन्न ठाउँमा भत्किए पछि बनाउने कामको शुरुवात नहुंदा विरामी लगाएत सरसमान ढुवानिमा समेत कठिन भएको छ । पचालझरना गाउँ पालिकामा रहेको एम्बुलेन्सबाट बढिमा साढे १ घण्टा लाग्ने बाटोमा विरामीलाई बोकेर लिदा ८ घण्टा लगाउनु परेको आफन्तको भनाई रहेको छ ।

अहिले बाटो अबरुद्ध भएपछि ठुलो समस्या आएको छ भने खाद्यन्न लगाएतका समान ओसापसारमा समेत समस्या आएको छ । सडक मर्मतका लागि नेपालि सेनाको टोलिले विभिन्न स्थानिय तहहरु संग समन्वय गरेर कामको थालनि गर्ने योजना अगाडी बढेको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ ।

हिजो आज ग्रामिण क्षेत्रमा बाढिपहिरोका कारण आवत जावतमा समेत कठिनाई हुंदा विभिन्न कामहरु रोकिएका छन । लगातारको बाढि पहिरोका कारण कालीकोट जिल्लामा १७ जनाको ज्यान गएको छ भने ७ जना वेपत्ता रहेको छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित