हिमचुली सहकारी कर्नालिको नमुना बनाउछौ — अध्यक्ष महतारा

7
SHARES
15
VIEWS

कालिकोट । कर्नाली प्रदेश सहकारी संघका सचिब तथा हिमचुली कृषि सहकारी सस्था लि का अध्यक्ष काली बहादुर महताराले कालिकोटमा मात्र नभै हिमचुली सहकारी सस्था सिङ्गो कर्नालिको नमुना सहकारी बनाउने बताउनु भयको छ ।

हिमचुली सहकारी सस्था लि को वार्षिक समिक्षा गोष्ठीका क्रममा बोल्दै अध्यक्ष महताराले सो कुरा बताउनु भयको हो । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष महताराले सस्थालाइ यहाँ सम्म पुगाउन सम्पुर्ण कर्मचारी,सदस्यहरुको ठुलो देन भयकाले अझै अगाडि बढ्न लागि पर्न अनुरोध गर्नु भयको छ ।

सस्थाले बिगत वर्षहरुको भन्दा आर्थिक वर्ष २०७६/०७७ मा सस्थाले सबै भन्दा बढी सफलता हासिल गरेको बताउदै यस वर्षमा केन्द्रिय कार्यलय मान्म र सेवा कार्यलय रास्कोटमा भवन निर्माण हुनु,बिगत तीन वर्ष देखि बन्द डेरि संचालनमा ल्याउनु,प्रबिधिमा कारोबार सुरु गर्नु,कोरोना संक्रमणका बेला कोरोना पीडितलाई चार लाख राहत बितरण गर्नु र स्थानीय स्तरमा रोजगारी दिन सफल भयको दाबी गर्नु भयको छ ।

अबको दिनमा हिमचुली सहकारी सस्थाका कर्मचारीहरु स्मार्ट हुनु पर्ने अध्यक्ष महताराले चर्चा गर्दै कर्नाली अञ्चलमा पहिलो पटक लघुबित्त कार्यक्रम सुरु गरेर बित्तिय क्षेत्रमा पहुँच पुगाउन सफल भयकाले कालिकोट जिल्लामा बचत गर्न शुरुवात हिमचुली सहकारीले गरेको बताइएको  छ ।

कालिकोट जिल्लामा २०६५ सालमा स्थापना भयको हिमचुली कृषि सहकारी सस्था लि कालिकोटमा ११ हजार ५ सय सदस्यहरुले  बचत तथा ऋण,सोलार,कृषि उत्पादन र बजारीकरण, सुपथ पसल,एग्रोभेट,गाउँ घर उज्यालो कार्यक्रम ,सुधारिएको चुल्हो,रेमिटान्स लगायतको काम गर्दै आएको सस्थाले जनाएको छ । सस्थाले जिल्लाभर ९ वटा सेवा कार्यलय स्थापना गरेर सेवा दिदै आयको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित