बाढी पहिरोले पुल बगाउँदा जोखिम मोल्दै यात्रा

7
SHARES
15
VIEWS

कालिकोट ।बाढी पहिरोले  जिल्लाका विभिन्न स्थानमा क्षेतीले पुल पुलेसा,बाटो घाटा बन्द हुँदा जिल्ला वासीले कस्टकर जीवन बिताउन बाध्य भएका छ्न । त्यसको उदाहरण हो ।

रास्कोट नगरपालिका र पचालझरना गाउँ पालिकाको बिचमा पर्ने फुगाड खोलाको बेलि बृज र झोलुङ्गे पुल बगाउदा त्यहाँका बासिन्दा आवत जावत गर्न जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्य भएका छ्न । अहिले हिड्ने मानिसले १ सय तिरेर जानू पर्ने रकम नहुने मानिसहरुले आफै जोखिम मोल्नु परेको खोला तर्दै गरेका स्थानीय बर्म ऐडिले बताए ।उनले भने आफुहरुले खोला तर्दा निकै कठिन छ ।

दिनरात पानी पर्छ  पानी बढ्ने क्रम जारी छ दिनहु जसो मानिसहरू पचालझरनाको सिकु हुँदै ३ घन्टा हिडेर जाने गरेको उनले बताए ।हिंड्न् नसक्नेहरुको लागि निकै दुख छ ।बाटो बन्ने पहल नहुदा कति समय दुख हुने हो भन्नेमा स्थानीय रहेका छ्न ।

उक्त  पुल बाट जिल्लाका पचालझरनाका साथै पलाता गाउँ पालिका र छिमेकी जिल्ला बाजुराका स्थानीयहरु आवत जावत गर्ने गर्दछ्न । उक्त बाटो नेपाली सेनाले निर्माण गरेको भएपनि अहिले कुनै पनि निकायले सडक मर्मतको काम नगर्दा कर्नाली पारिका १ नगरपालिका,४ गाउँ पालिकामा आवत जावतमा समस्या आएको स्थानीयको गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित