घरको आंगनमा धारा निर्माण भएपछि गृहणि दंग

7
SHARES
15
VIEWS

कालीकोट । घर नजिक पानि नभएर लामो साइतबाट पानि ल्याउनु पर्ने बाध्यताबाट सरकारले घरको आंगनमा खानेपानि धारा निर्माण भएपछि स्थानियहरुलाई सहजता आएको छ । जिल्ला भर खानेपानिका क्षेत्रमा स्थानिय सरकारले पहुंच पुगाउन थालेपछि समुदायमा खानेपानिको सहजता आउन थालेको छ ।

यस अघि बनाइएको धाराहरु सामुहिक हुने र संरक्षणको अभावमा कठिनाई आउने र खानेपानिका लागि समस्या झेल्नु पर्ने भएपछि एक घर एक धारा निर्माणको अभियानले सकरात्मक सन्देश दिन थालेको छ । जिल्लाको रास्कोट क्षेत्रमा आर्थिक वर्ष २०७६।०७७मा स्थानिय सरकारले युनिसेफ नेपाल संगको साझेदारीमा प्रत्येक वस्तिमा एक घर एक धारा निर्माण भएपछि घर धन्दामा काम गर्ने गृहणिहरुमा खुशियालि छाएको छ ।

पहिले गाउँको एक धारा हुने र खानेपानि उपयोग गर्न समेत कठिनाई हुने र पटक पटक विग्रिदा बनाउन जानु पर्ने चाहिएको समयमा पानि पाउन कठिन हुने भएपछि सबैको घरमा धारा भएपछि संरक्षण र उपयोगमा सहजता आएको रास्कोट नगरपालिकाका वडा न. ७ निवासि जनपुरा महताराले बताउनु भयो । वहांँले भन्नु भयो खानेपानिका लागि रोपाई गर्ने खेतको भित्तामा भएको पानि ल्याउनु पर्ने बाध्यता थियो ।

त्यो पनि समस्या समाधान भएर घरको आंगनमा धारा बनाउने काम गरेकोमा रास्कोट नगरपालिकालाई धन्यवाद दिनु भयो । स्थानिय सरकारले खानेपानिको क्षेत्रमा राम्रो काम गरेको उनको अनुभव छ । जनपुरा जस्तै स्थानिय महिलाहरुलाई परम्परागत नाउला,कुवा तथा धाराहरुबाट पानि ल्याउन विहानि पख जानु पर्ने अवस्था क्रमश हटेको महसुस हुन थालेको छ ।


रास्कोट नगरपालिकाको पुछ्र्र्रेगाउँमा अहिले स्थानिय सरकारले १ सय १५ घरमा धारा जडान गरेको र बांकी ७७ घरधुरीमा यस वर्ष धारा जडान गर्ने वडाध्यक्ष अदलसिंह महताराले बताउनु भएको छ । रास्कोट नगरपालिकाले नगरका फुकोट,पुछ्रेगाउँ,बड्डाला लगाएतका वस्तिमा मिटर सहितका ६ सय घरधुरीमा धारा जडान गरेको बताइएको छ ।


रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले चालु वर्षमा २ हजार घरधुरीमा खानेपानिका धारा जडान गर्न रास्कोट बृहत खानेपानि आयोजना संचालन गरेको बताउनु भएको छ । रास्कोटका वस्तिहरुमा स्वच्छ खानेपानिमा सहज पुहंच पुगाउन सरकार र गैरसरकारी निकायहरु संग साझेदारीमा कार्यक्रम अघि सारेको बताइएको छ । रास्कोट नगरपालिकामा खानेपानिको लागि समुदायले कुवा,खोला नजिकका धाराहरुको प्रयोग गर्दै आएका थिए ।

एक घर एक धारा निर्माण भएपछि धाराको संरक्षण गर्ने र पानिको समेत सदुपयोगमा ध्यान दिन थालेको रास्कोट नगरपालिकाका प्रवक्ता टक्क फर्सालले बताउनु भएको छ । वहांँले भन्नु भयो अहिले निर्माण भएका धाराहरुमा खानेपानिको प्रयोग नगर्ने गरेको बताउदै पानिको विल बढि आउने चिन्तामा स्थानिय रहेको बताउनु भयो ।

आफुहरुले खानेपानिको सहजता बढाउन र संरक्षणका लागि एक घर एक धारा निर्माणको काम प्रभावकारी भएको बताउनु भएको छ । कालीकोट जिल्लामा संघियता पछि स्थानिय तह संग विकास निर्माणका कामको थालनि हुन थालेपछि अधिकांस ठाउँमा सरकारको महसुस गर्न थालेका छन भने कयौं ठाउँमा समुदायको हित विपरित कार्य हुन थालेको समुदायलाई महसुस हुन थालेका अभिव्यक्ति आउन थालेका छन ।

समुदायका हितका लागि रास्कोट नगरपालिकाले आम्दानि बढाउन र विकास निर्माणलाई नमुना बनाउन युवा परिचालन देखि आफ्नै श्रोत साधनको प्रयोग गर्दै अगाडी बढेको रास्कोट नगरपालिका कार्यपालिका सदस्य मन तिरुवाले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित