नरहरिनाथको रुप्सामा पहिरोमा परि४ जना वेपत्ताा

7
SHARES
15
VIEWS

कालिकोट । जिल्लाको नरहरिनाथ गाउँ पालिकाको रुप्समा पहिरोमा परि ४ जना वेपत्ता भएका छन ।

मंगलबार राति आएको बाढिका कारण नरहरीनाथ गाउँपालिका वडा नं ५ मा रहेको रुप्सामा पहिरो जांदा एक दर्जन घरमा क्षति पुगेको बताइएको छ ।

नरहरिनाथ गाउँ पालिका वडा न.५का अध्यक्ष गगन फडेराका अनुसार बाढिले बगाउदा चन्द्र सहकारी,पम्फा सहकारी, झिमु सहकारीका साथै उनका सात वर्षका छोरा रमित सहकारी बेपत्ता भएको बताउनु भएको छ । पहिरोले के कति क्षति पुगेको छ सो को बारेमा अहिले भन्न नसकिने जिल्ला प्रहरी कर्यालय कालीकोटले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी यज्ञराज जैसिका अनुसार घटना स्थल रहेको क्षेत्र इलाका प्रहरी कार्यालय कुमालगाउं बाट टाढा रहेकाले त्यस तर्फ टोलि पठाइएको बताउनु भयो । यस अघि नरहरिनाथ गाउँ पालिकामा १२ जनाको ज्यान गैसकेको छ भने पछिल्लो समय अछाम घर भएका एकै घरका ४ जना गरी १६ जनाको ज्यान गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित