कर्नालि प्रदेश स्थापना तथा शहिद दिवस मनाइदै

7
SHARES
15
VIEWS

सुर्खेत । कर्नालि प्रदेश स्थापना भएको दिन भाद्र ४ गतेलाई  प्रदेश सरकारले विदा दिनुका साथै दिपावलि मनाउन आग्रह गरिएको छ ।

२०७२ साल भाद्र ४ गतेका दिन कर्नालिलाई छुट्टै प्रदेश स्थापनाका लागि १३ दिन सम्म चलेको आन्दोलनले भाद्र ४ गते कर्नालि प्रदेश स्थापना भएको थियो । सोही दिनलाई कोरोनाबाट बच्न सतर्कता अपनाउदै दिपावलिका साथ मनाउन कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले अनुरोध गर्नु भएको छ ।

कर्नालि प्रदेशमा एक कार्यक्रमका विच शहिदहरुको फोटोमा माल्यर्पण गर्दै प्रदेश स्थापना तथा शहिद दिवस मनाइएको छ भने सबै स्थानिय तहहरुमा समेत कार्यक्रम गरी मनाउन मुख्यमन्त्रि शाहीले अनुरोध गर्नु भएको छ ।

प्रेश नोट जारी गर्दै मुख्यमन्त्रि शाहीले प्रदेश स्थापना दिवस तथा सहिद दिवस–२०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त कर्णालीवासी दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।

मुख्यमन्त्रि शाहीले प्रदेश प्राप्तिका लागि आन्दोलनका क्रममा व्यक्त भएको उत्साह र सपना पूरा गर्न प्रदेश सरकार प्रतिवद्धताका साथ लागिरहेको विश्वास दिलाउन चाहन्छु । भौगोलिक विकटता, आर्थिक विपन्नता, सामाजिक पछौटेपन र भौतिक विकासमा पछाडि रहेको यस प्रदेशलाई तीव्र गतिको सामाजिक, आर्थिक र भौतिक विकास गरि अगाडि ल्याउन ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को नाराका साथ प्रदेश सरकार अगाडि बढेको छ बताउदै आगामी दिनमा कोभिड १९को नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकार गम्भिरता पूर्वक लाग्ने विश्वास समेत दिनु भएको छ ।

कर्नालि प्रदेश सरकारले भाद्र ४ गतेलाई सार्वजनिक विदा दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित