दलित महिलालाइ जबर्जस्ति करणी गरेको आरोपमा शाही विरुद्ध मुद्दा  दायर

7
SHARES
15
VIEWS

कालिकोट  । दलित महिलालाइ बिहे गर्छु भन्दै शारीरिक सम्बन्ध राख्दै आएका रास्कोटका एक जना बृद्ध शाही विरुद्ध जबरजस्ती  करणीको आरोपमा जिल्ला प्रहरी कार्यलय कालिकोटमा मुद्दा दायर गरिएको छ ।

रास्कोट नगरपालिका ४ बिजयपुर निवासि नमराज शाही विरुद्ध ‘जवरजस्ती करणी र गर्भपतन’ मुद्धा दर्ता भएको हो । मेलापातमा गयको समयमा बालिका नानू सुनार( नाम परिवर्तन )लाइ बिहे गर्छु भन्दै बलात्कार गरेर गर्व रहेको र उक्त गर्व ५ महिना बढी भएकाले जिल्ला अस्पताल कालिकोटले बच्चा ठूलो भएको जानकारी दिए पछि  अस्पतालबाट औषधि नगराइ निजि क्लिनिकमा गर्व पतनको औषधि खुवाइ गर्व पतन गरिएको बताइको छ ।
स्थानिय अगुवा तथा महिला अधिकार कर्मी हजा सुनारले भन्नू भयो उक्त नमराज शाहिबाट  घटना साम्सुम गरि सकेको भएपनि नानुको अवस्था बुझ्न जादा जबरजस्ती गर्व पतन गराउन लगाइ ब्यक्तिगत झैझगडा गरेको कागज बनाइ २ लाख रकम दियको बताउनु भयो । कुरा बाहिर आएपछि उक्त रकम मागेको तर पीडितको उपचार गर्नु पर्ने भन्दै नदियको बताउनु भयो ।

सोही समयमा हामीलाइ मुद्दा  गरेपछी जुनसुकै समयमा जे पनि हुने भन्दै अपशब्द बोलेर गाली दिएको पीडित का बुवा परि सुनारको आरोप छ । अहिले घटनामा संलग्न जबर्जस्ति करणीमा नमराज शाही र उनका ज्वाई खगेन्द्र शाही र छोरी राजी शाही विरुद्ध  गर्भपतन मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी यज्ञराज जोशिले बताउन भएको छ । नमराज शाहिले पटकपटक नानू सुनारलाइ पसलमा जबर्जस्ति करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

यस अघि घटना गुपचुपमा राख्न विभिन्न हतकन्डा अपनायको तर कुनै सीप नलागे पछि पीडितलाई धम्क्याउने गरेको बताइएको छ ।

स्थानिय दलित अगुवा मन तिरुवाले भने दलितले सोही घटना गरेको भए आज उठिवास हुने अवस्था आउथ्यो तर हामी दलित भयकै कारण  उल्टै पिडक बाट पीडित माथी गालिगलौज भएकोमा आपत्ति ब्यक्त गर्नु भयो । उहाँले भन्नू भयो जातीय बिभेदमा समेत मुद्दा  दर्ता नगर्नु प्रहरीको समेत कमजोरी भयको बताउनु भयो । पीडित सुनारको उच्च रक्तस्रावका कारण जिल्ला अस्पताल कालिकोटमा उपचार भैरहको छ ।

यस अघि कालिकोट जिल्लाको शुभकालिकामा मन्दिरमा पुजा गर्न गयका युबकलाइ कुटपिट गरि घाइते बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित