पचालझरनामा यातायात सुचारु हुंदा स्थानिय खुसी

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको पचालझरनामा बाढी पहिरोका कारण अवरुद्ध भएको सडक मर्मत भएपछि यातायातका साधन संचालन भएका छन ।
पचालझरना गाउंपालिकाको पहलमा चार दिन अघि देखि मर्मत गरिएको सडक मंगलवार देखि यातायातका साधन सुचारुमा आएका हुन ।

रास्कोट नगरपालिका र पचालझरनाको सिमा रहेको फुगाड खोलामा बेलीब्रिज पुल बगाउदा कठिनाइ आएको भएपनि उक्त खोलामा डोजरले बाटो बनाए पछि शान्तिघाट देखि पचालझरनाको जारकोट सम्म गाडी संचालन हुदा स्थानियले खुसी महशुस गरेका छन ।
सडक अबरुद्ध हुदा पचालझरना गाउंपालिकाका स्थानियहरुले दुई दिनको पैदल हिडेर जितेबाट सामान ल्याउन बाध्य भएका थिए ।

दुइ दिन अघि शान्तिघाट बाट सामान ल्याउदै गरेका जैबिरे शार्कीले खुसी ब्यक्त गरेका छन । उनले भने “महंगो भएपनि घरको आगनमा दैनिक उपभोग्य सामान पाउदा राहतको महशुस भएको छ ।”
उक्त सडक मर्मतको जिम्मा लिएका पचालझरना गाउंपालिका वडा न ३ अध्यक्ष लोकजन कठायतले दिनरात सडकको पहिरो पन्छ्याउने काम गरेकाले यातायात सुचारु भएकोमा स्थानियलाई सहजता भएको बताउनु भयो ।
यस अघि रास्कोट नगरपालिकाको पहलमा शान्तिघाट देखि आर सि पी बजार सम्म बाटो मर्मत गरि गाडी सुचारु भइरहेका छन   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित