मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण देखियो, ३१३ जना निको भएर घर फर्किए

7
SHARES
15
VIEWS

मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या ३३५३३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३१३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन्। यससँगै नेपालमा निको भएर घर फर्किनेहरू संख्या १९११९ पुगेको छ।

हाल आइसोलेसनमा १४२५० जना रहेको र त्यसमध्ये ५६६९ जना होम आइसोलेसनमा र ८५८१ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। साथै १०४५३ जना क्वारेन्टिनमा रहेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा ११३२७ वटा पीसीआर परीक्षण भएको र हालसम्म नेपालमा कुल ६ लाख २१ हजार ९ सय २१ जनाको नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित