स्वास्थ्य क्षेत्रको प्रगतिका बारेमा पचालझरनामा वार्षिक समिक्षा

7
SHARES
15
VIEWS

कालीकोट ।आर्थिक वर्ष २०७६।०७७मा स्वस्थ्य क्षेत्रमा भए गरेका काम कार्वाहीको बारेमा पचालझरना गाउँ पालिकामा वार्षिक समिक्षा भएको छ ।

पचालझरना गाउँ पालिकाको स्वस्थ्य शाखाको आयोजनामा गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि कालीकोट लगाएतका निकायको सहयोगमा उक्त कार्यक्रम गरिएको हो । पचालझरना गाउँ पालिकामा आर्थिक वर्ष २०७६।०७७मा कोरोना महामारी तथा अन्य कार्यक्रमका बारेमा समिक्षा हुने र चालु वर्षमा स्वस्थ्य क्षेत्रमा के के सुधार गर्न सकिन्छन भन्ने बारेमा सरोकारवाला निकायका विचमा समिक्षा हुने बताइएको छ ।

चालु वर्षमा स्वस्थ्य शाखा पचालझरनाले ग्रामिण क्षेत्रमा योग शिविर,आयुवेद्ध सेवा लगाएतका कार्यक्रम संचालन गर्ने लक्ष्य लिएको छ । पचालझरना गाएा पालिकामा स्वस्थ्य र सरसफाइमा विशेष जोड दिदै मेरो आंगन मेरो पहिचान भन्ने मुल नाराका साथ स्वस्थ्य र सरसफाईमा अग्रसर रहेको पचालझरना गाउँ पालिका अध्यक्ष खडगरा सेजुवालले बताउनु भएको छ । उक्त समिक्षा गोष्ठि तथा स्वस्थ्य क्षेत्र समन्वय बैठकमा चालु वर्षमा १५ सैयाको अस्पताल निर्माण गर्नुका साथै स्वस्थ्य क्षेत्रमा आउने विपदको सामाना गर्न सबै सजकता पूर्वक लाग्नु पर्नेमा कार्यक्रमका अध्यक्ष तथा गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले सबैमा अनुरोध गर्नु भएको छ ।

उक्त कार्यक्रममा सहयोगि निकायका प्रतिनिधि,गाउँ पालिका उपाध्यक्ष तारा न्यौपाने,वडा अध्यक्ष तथा सरोकारवाला निकायको उपस्थिति रहेको स्वस्थ्य शाखा प्रमुख विरेन्द्र संज्यालले बताउनु भएको छ । यस अघि पचालझरना गाउँ पालिकाले स्वस्थ्यकर्मिहरुको स्वस्थ्य विमा,कोरोनामा खट्ने स्वस्थ्यकर्मिहरुलाई विशेष भत्ताको व्यवस्था समेत गरेको पचालझरना गाउँ पालिकाले जनाएको छ ।

गोष्ठिमा पचालझरना गाउँ पालिकामा अहिले सम्म कोरोना संक्रमण नहुनुका साथै आर्थिक वर्ष २०७६।०७७मा स्वस्थ्य क्षेत्रमा सफलता हांसिल गरेको वर्ष रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित