कालीकोटका तिन स्थानिय तहको पहलमा सडक सुचारु  

7
SHARES
15
VIEWS

कालीकोट । बाढिपहिरोका कारण स्थानियको दैनिक जिवनमा कठिनाइ आउने भएपछि कालीकोटका तिन स्थानिय तहले २९ किलोमिटर सडक सुचारु गरेका छन । रास्कोट नगरपालिका,पचालझरना र पलांता गाउँ पालिकाको पहलमा पहिरो पन्छाएपछि सडक सुचारु भएको हो ।

रास्केट नगरपालिकाले आफैले नगरको डोजर लगाएर चार दिन पछि सडक सुचारु गरेको हो भने पचालझरना गाउँ पालिकाको पहलमा निजि डोजर प्रयोग गर्दै गाउँ पालिकाले तेल र प्रतिघण्टा ६ हजारका दरले रकम लगानि गरेर सडक सुचारु गरिएको हो । पचालझरना गाउँ पालिकाको पहलमा लाफा देखि फुगाढ खोला सम्म डोजरले सडक पन्छाएपछि पलांताले पनि चासो दिएको हो । पचालझरना गाउँ पालिका वडा न. ३ का वडाध्याक्ष लोकजंग कठायतको आग्रहमा पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बमले पनि उक्त सडकको पहिरो पन्छाउन शुरु गरेको बताइएको छ ।
रास्कोट नगरपालिकाको शान्तिघाट देखि आरसिपि बजार र आरसिपि बजार देखि सेराचौर सम्म सडक सुचारु गर्न लागिएको छ ।शान्तिघाट देखि आरसिपि बजार सम्म सडक सुचारु भएको हो । रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले सडकको जोखिम रहेको शान्तिघाटमा बैकल्पिक सडक सुचारु गर्न पहल गरिएको बताउदै नेपालि सेना, स्थानिय तहको पहलमा सुचारु गर्न लागि परेको बताउदै कर्नालि प्रदेश सरकार संग पनि विशेष पहल गरिने बताउनु भएको छ । वहांले शान्तिघाट वस्ति समेत उच्च जोखिममा रहेकाले व्यवस्थापन जरुरी रहेको समेत बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकाको फुगाढ देखि पलांताको घाटा चौर सम्मको ११ किलोमिटर सडक दुइ स्थानिय तहको पहलमा सुचारु भएको हो । पचालझरना गाउँ पालिकाका अध्यक्ष खडगराज सेजुवालका अनुसार रास्कोट देखि पचालझरना हुंदै पलांता सम्म सडक सुचारु भएपनि मुख्य प्रवेश द्धार रहेको शान्तिघाटको सडक अवरुद्धले समस्या सृजना गरेकाले उक्त स्थानमा बैकल्पिक बाटो खुलाउन पहल गर्नु पर्ने बताउनु भएको छ ।

पचालझरना र पलांताको सयुंक्त ११ लाख लगानिमा सडक सुचारु भएको अध्यक्ष सेजुवालले बताउनु भएको छ ।
रेंगिल देखि शान्तिघाट सम्मको बाटोका बारेमा नेपालि सेना र स्थानिय तह(सान्नित्रिवेणि) उदासिन देखिएको छ ।

उक्त सडक सुचारु गर्न पचालझरना गाउँ पालिकाले समेत लगानि गर्न इच्छुक रहेको बताइएको छ भने स्थानिय व्यावसायिहरुले समेत सडक सुचारुका लागि लगानि गर्न इच्छा जाहेर गरिसकेका छन ।
सडक सुचारुका सन्दर्भमा उक्त सडक निर्माणको जिम्मा लिएको नेपालि सेनाले भने अबको १५ दिन भित्र रेंगिल देखि शान्तिघाट सम्म सडक सुचारु गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित