कालीकोटमा निशेधाज्ञ खुले पछि चहल पहल शुरु

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा पछिल्लो समय कोरोना संक्रमणको संख्या बढेपछि लागु गरिएको निशेधाज्ञ आइतवार देखि खुला भएको छ । निशेधाज्ञ खुला भएपछि कालीकोट मान्म बजारमा चहलपहल शुरु भएको छ । भाद्र ५ देखि १३ गते सम्म निशेधाज्ञ शुरु भएपछि बजारमा आवत जावत देखि व्यापार व्यवसाय तथा अन्य गतिविधिहरु ठप्प भएका थिए ।

लुकि छिपि व्यवासय शुरु गर्ने र प्रहरीले बन्द गराउनुका साथै आवत जावतमा रोकावट गर्न ज्यादै कठिन भएको थियो ।  सदरमुकाम लगाएतका जिल्लाका अन्य स्थानिय तहमा निशेधाज्ञ खुला गरिएको भएपनि तिलागुफा नगरपालिकाको नाग्म लगाएतका वस्तिहरुमा भने भाद्र २० गते सम्म निशेधाज्ञ कायम राखिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।

यस अघि नाग्म बजारमा ५ जनामा कोरोना पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित