प्रधानमन्त्रि द्धारा मन्त्रि बदल्ने तर मुख्य मन्त्रि फेरबदल नहुने

7
SHARES
15
VIEWS

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनःगठनको संकेत दिएका छन् ।

‘जनता जान्न चाहन्छन’ टेलिभिजन कार्यक्रमसँगको अन्तर्वार्तामा ओलीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर र पुनःगठनको संकेत गरेका हुन् । ‘आवश्यक्ताअनुसार मन्त्रिमण्डल हेरफेर र पुनःगठन हुन सक्छ’, उनले भने, ‘मन्त्रिमण्डल पुनःगठनको कुरालाई अन्यथा लिन मिल्दैन ।’

प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूलाई नचलाउने बताएका छन् । उनले अबको डेढ वर्षपछि स्थानीय तहको निर्वाचन हुने भन्दै त्यसपछि आउने नयाँ नेतृत्व मुख्यमन्त्री बन्ने बताए ।

‘अब डेढ वर्षपछि हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नुपर्छ’, उनले भने, ‘त्यस अगाडि मुख्यमन्त्रीको केही हुँदैन ।’

मन्त्री र मुख्यमन्त्रीहरू परिवर्तनको हल्ला चलिरहेका बेला ओलीको यो भनाइ आएको छ ।

सरकारले भ्रष्टाचार नगरेको उनले बताए । ‘जे मन लाग्यो त्यो लेख्या छ । भनेको छ’, उनले भने, ‘कसैले पनि भ्रष्टाचार गरेको छैन ।’ उनले गोकुल बास्कोटालाई लागेको ७० करोड कमिशन र भ्रष्टाचारको बचाउ गरे । उनले भने, ‘जे मन लाग्यो त्यो भन्न पाइँदैन । अख्तियारले हेरेको छ । आवश्यक प¥यो भने सरकार पनि छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित