नाग्म पहिरो अपडेट : मृतकको संख्या ४ पुग्यो, ३ जना वेपत्ता

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको तिलागुफा नगरपालिकाको नाग्ममा गएको पहिरोमा परि एकै घरका ४ जनाको मृत्यु भएको छ भने ३ जना वेपत्ता भएका छन । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमूख डिएसपी श्यामबाबु ओलीयाका अनुसार पहिरोमा पुरिएर नाग्म बजारका स्थानीय चार जनाको मृत्यू भएको छ ।

दुई जनाको उद्धार गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको बताउनु भएको छ । उनीहरुको अवस्था सामान्य छ । मृत्युहुनेमा शुभकालिका गाउँपालिका ७ मुम्राह गाउँका बर्ष ४० का परेक शाही,उनका ७ बर्षिया छोरी हिमा शाही,५ बर्षको निराजन शाही र दुई महिनाको वालक अकल शाही रहेको बताइएको छ ।

पहिरोमा परि परेक शाहीको श्रीमति पुन्ना शाही सामान्य घाइते भएकि छन । त्यसै गरी १३ बर्षिय बालक अर्जुन हमालको पनि उद्धार गरिएको बताइएको छ । पहिरोमा परेर बेपत्ता भएका नागरिकको उद्धार कार्य जारी राखेका छन । अहिले नाग्म बजारमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा उद्धार कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

नाग्म बजारमा टेलिफोन नलाग्ने भएकोले सम्पर्क गर्न कठिनाइ भइरहेको छ ।
मृतक परेक शाहीका परिवार नाग्म बजारका धनपति विकको घरमा किराना पसल गरिरहेका थिए । यस अघि पहिरो परी कालिकोटमा ३२ जनाको मृत्यु भइसकेको छ ।

३ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अझै ३ जना बेपत्ता रहेको अनुमान गरिएको छ । कोरोनाका कारण निशेधाज्ञ जारी गरिएको नाग्म बजारमा स्थानियहरु घर बाहिर आउन नसकेको बताइएको छ ।

नाग्म पहिरोका मृतक प्रति तिलागुफा नगरपालिकले दुख व्यक्त गर्दै पिडित परिवार प्रति धैर्य धारण गर्न अनुरोध गरेको छ । तिलागुफा नगरपालिका रतन बहादुर शाहीले घटना स्थलमा उद्धार गर्नु भएको थियो । घटना स्थलमा जुम्ला  पूर्व मन्त्रि गोमा कुंवर,जिल्ला हिमा गाउँ पालिका अध्यक्ष रज बहादुर शाही लगाएतको उपस्थितिमा उद्धार र घाईतेको उपचारका लागि सहयोग गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित