खुला आकाशमुनि बाढिपिडत : रातभर जाग्रम बस्न बाध्य

7
SHARES
15
VIEWS

कालीकोट । बास बस्ने एउटा कटेरो थियो । त्यहि कटेरा बाढिले बगाएपछि खुला आकाशमा दिन रात विताउन बाध्य भएको सान्नित्रिवेणिका बाढिपिडितको गुनासो रहेको छ । यस वर्षको बाढि हामीहरुको उठिवासका लागि आएको रहेछ । सत्या नास पारेर गयो  बाढिपिडित कन्न लुवारको भनाइ हो ।।

घटनाका पिडितले आफुहरुले जिवनमा यस्तो कहिले नदेखेको बताए । उनिहरुले प्लान नेपालले पाल पिफर्म लगाएतका समान सहयोग गरेको बताइएको छ । अहिले पनि बाढिले घर बगाउदाको अवस्था स्मरण गर्दै सान्नित्रिवेणि ६ काव्रिखोलाका ११ दलित घर परिवारहरु अहिले पालमा बसेर वर्षाका दिन कटाउन बाध्य भएका छन । रातभर पानि परेपछि निदाउनु त परै जाओस बाढिपिडित परिवारका वाल बच्चाहरुको विजोक भएको छ ।

शुरुवातमा बाढिपिडितका लागि लत्ता कपडा,पाल र खाद्यन्न दिएको भएपनि फेरी सहयोग नहुंदा आफुहरुका घर परिवारहरु कसरी पाल्ने चिन्ता बढेको बाढिपिडित कन्न लुवारको भनाइ रहेको छ । बाढिपिडितका घर आंगनमा राहत ल्याएर आएका कर्नालिका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले घर निर्माणका लागि १ लाख दिने आश्वसन पछि त्यसैको आशामा पालमुनि रात विताउदै आएको उनिहरुले बताए ।

पालमुनि बस्ने र गर्दै आएको सिलाइ कटाइको पेशा समेत सोही पालमुनि गर्नु परेको गोरे दर्जिले बताए । उनले भने भएको सम्पति र खाद्यन्न घर भित्र रह्यो । उनले भने अहिले कहांबाट ल्याएर छोरा छोरी पाल्ने सिलाइ कटाइको मेसिन चलाएर घरपरिवार पाल्नु परेको छ । बाढिपिडितका लागि स्थानिय सरकारले के व्यवस्थापन गरेको छ भन्ने प्रश्नमा सान्नित्रिवेणि गाउँ पालिका वडा न. ६ का वडाध्याक्ष रंगविर शार्कीले १४ घरपरिवार रहेको सो वस्तिमा ११ घरपरिवार पुर्ण रुपमा घरबार विहिन भएकाले पुनरवासको व्यवस्थापन गर्ने तयारीमा गाउँ पालिका रहेको बताउदै खानेपानिको व्यवस्थापन सजिलो भएकाले सामुदायिक बनमा तत्काल व्यवस्थापन गरिएको बताएका छन ।उनले भने सो वस्तिका बाढिपिडितलाई खाना देखि अन्य व्यवस्थापन पालिकाको तर्फबाट गरिदै आएको बताउदै व्यवथापनमा कुनै पनि कमि हुन नदिएको दावि गरेका छन ।

बाढिपहिरोका कारण सान्नित्रिवेणि गाउँ पालिकाको पोरिवनमा पहिरोमा परि २ को मृत्यु भएको थियो । काब्रिखोलामा बाढिले बगाउदा  अहिले २ दर्जिको परिवार र ९ लुवार परिवार विस्थापित भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित