के यो त्याग होईन मैले कहिल्यै पदको लोभ गरिन ? —मोतिराज बम

7
SHARES
15
VIEWS
केही पवित्र लक्ष्य र उद्वेश्यका साथ जन्म र कर्मथलो कालिकोट पुग्दा अमुक बाच्यार्थहरु म माथि खनिएका छन् । मैले यसलाई सामान्य र स्वभाविक रुपमा लिएको छु । एउटा युद्धवीर दुश्मन र हतियार देखि डरायो वा वीरताभन्दा प्राणलाई प्रिय ठान्यो भने जाने हुन्छ ऊ कायर हो ।
तर कमाण्डरको आदेशमा कतै युद्धबाट पछि हट्नु सिपाहीको कमजोरी कदापि हुन सक्दैन । यसलाई कसैले कमजोरी ठान्छ भने सिद्विने सिपाही मात्र होइन कमान्डरसङ्गै सिङ्गो लडाइँ हो ।
मैले यही बुझेको छु । पद, पैसा र ब्यक्तिगत स्वार्थि राजनीतिले फलिफाप हुने ब्यक्तिलाइ हो समाजलाई होइन । मलाई लाग्छ जनता त्यति अबुझ अबश्य पनि छैनन् । उनिहरुको ब्रम्हले देख्ने र छुट्ट्याउने न्याय निश्चित रूपमा सङलो हुनेछ । म माथि हरदम एउटा आरोप लाग्ने गर्छ । त्यो आरोप लगाउने झुन्ड नियोजित तरिकाले सक्रिय छ । कारण ऊ अन्य दृष्टिकोणका साथै बैचारिक दृष्टिकोणले पतन छ । मेरो यसमा शून्य सहन शिलता छ। मैले बारम्बार भन्दै आएको छु। मेरो काठमाण्डुमा घर छैन । संसारभर मेरो नाममा एक पैसा एक धुर जग्गा छैन । हुनेवाला पनि छैन र गर्ने पनि छैन । मेरो ५४ बर्षको उमेर मैले तीन भागमा बाडेको छु। जन्मेदेखि ३५बर्ष कालिकोटमा बित्यो, १५ बर्ष कैले काठमाडौ कैले कालिकोट गर्दै बित्यो, बाकी कालिकोटमा बिताउने प्रण गरेको छु ।

माओवादी युद्धकालमा हामीले भूमिगत सङ्गठन बनाउदै गर्दा ऐले जिल्लाको हवला दिने मित्रहरू बिर्को हराएको कलम र मसिले लत्पतिएको झोला बोकेर प्राइमेरी, निमाबी र माबिका मैदानहरुमा हात उठाएर “हाजिर सर” भन्दै थिए । बिगतलाइ पनि हेरौ । केन्द्रमा बस्नु अपराध होइनकी अवसर हो । त्यो अवसरबाट प्राप्त ज्ञान जिल्लामा फर्केर समाजलाई सहयोग पुर्‍याउन खर्चिने हो । मेरा केही केन्द्रीय जिम्मेवारी पनि छन् । त्यसका बाबजुद अब जिल्लामा बस्छु, सङ्गठन बनाउछु, पालीका जिताउछु, माननीय जिताउछु, आफू कुनै लाभको पदमा बस्दिन भन्नू के अपराध होर ? हाम्रा तमाम दिग्गज दिग्गज साथीहरू गाउँमाछन् उनीहरुको मुल्यांकन खै जसले पार्टी स्थापना गरे उनीहरुको खोजी खै ? जो दन्द्वकालमा ज्यान गुमाए उनिहरुको सम्मान खै जो बिस्थापित र अंगभंग भए उनीहरुको हरिखपरी र उचित ब्यबस्थापन खै ? त्याग भनेको के हो ,अगाडि जुन अवसर आयो छोपी हाल्ने होकि त्यो अरुको लागी समर्पित गर्नु हो ? ०५६ सालमा मेरो पार्टीले नाम पठायो मैले गिरिजाबाबुलाई भने गिरिजा बाबू मेरो बेला भएको छैन म माननीय लड्दिन सिनियर साथिलाइ टिकट दिनु उहाँले स्याबास बाबू भन्नुभो बालुवाटारमा ।


०६४ मा नाम पठायो त्यही शब्द दोहोर्‍याए । ०७० मा र ०७४ मा मेरो दावी नै रहेन । तरपनी मेरा परम आदरणीय नेता स्व. खुमबहादुर खड्काको असिम प्रेरणाले प्रदेशको समानुपातिक उम्मेदवार बने । मलाई खेलकुदको जिल्ला अध्यक्ष बन्ने अवसर आयो नन्दबहादुर शाहीलाई बनाउन भने । नगर बिकास समितिको अवसर आयो मैले घडेरी बेचिसके म हुन्न भने । के यो त्याग होईन मैले कहिल्यै पदको लोभ गरिन आत्मसमिक्षा र आत्ममुल्याङ्कन गर्दै अगाडि बढे । बल्ल ३० बर्षको राजनीतिक यात्रा र आधा शताब्दी पार गरिसकेपछि जिल्ला बसेर केही गर्छु भन्ने सोच बनेको हो ।

सारा मान्छेको मनोबिज्ञान केन्द्रमा जानुपर्छ भन्ने भइरहेको बेला केन्द्र परित्याग गरेर अब जिल्लामा बस्छु र अरुको सेवामा समर्पित हुन्छु भन्दा अपराध हुन्छ भने यसको फैसला जनता जनार्दनको हातमा सुम्पिन्छु । कृपया मान्छेलाई सुध्रिने मौका दिनुहोस यदि म बिगरिएको छु भने । डाकु रत्नाकर सुध्रिएर महर्षी वाल्मीकि बने, सम्राट अशोक करोडौं मान्छेको बीभत्स हत्यापछि सुध्रिएर बुद्विष्ट बने ।
अनि मलाई त्यो मौकाबाट बन्चित गराउने दुश्प्रयास न गर्नुहोस । एउटा उखान छ दुला पसेको सर्पलाई खोच्यो भने त्यसले देखाउने भनेको खुट्टा हो,जो भयानक खतरापूर्ण हुन्छ हेक्का रहोस् ।
# लेखक बम नेपाल लेखक संघका केन्द्रिय सदस्य तथा नेपालि कांग्रेसका महासमिति सदस्य हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित