मुगुमा खाद्यन्न संकट,हवाई मार्गबाट चामल ल्याउन माग

7
SHARES
15
VIEWS

मुगु । लकडाउनसंगै मुगुमा खाद्यन्न संकट बढेको छ । स्थानीय बासिहरुले दैनिक खाद्यन्न जोहो गर्न सदरमुकाम गमगढी आउदा दैनिक उपभोग्य वस्तु पाउन कठिन हुने र फाटफुट पाइएपनि बजार दर भन्दा भारी फरक हुने गरेको बताइएको छ स्थानियहरुले बजारमा कालो बजारी बढी रहेको बताएका छन भने उता खाद्य सस्थानमा पनि स्थानियको माग अनुसारको चामल उपलब्ध नगराउने गरेको स्थानीय बासीको गुनासो छ्र ।
वर्षा यामसंगै अबरुद कर्णाली राजमार्ग अबरुद् हुनुका साथै लामो समय सम्म भयको लक्डाउनका कारण यो वर्ष समयमै खाद्यन्न सामाग्री ढुवानी गर्न नपाउदा अहिले खाध्य संकट हुन गयको हो ।

स्थानीय बासीहरुको माग अनुसारको खाद्यन्न उपलब्ध गराउन नसकेको खाद्यसस्थांन मुगुले जनायको छ ।
खाद्य सस्थान मुगुमा हाल पाँच सय क्विन्टल चामल मौजुदा रहेको र खत्याड गाउपालिकाका लागि एक हजार पांच सय क्विन्टल, सोरु गाउँ पालिकाका लागि एक हजार पांच सय क्विन्टल,करान गाउपालिकाका एक हजार क्विन्टल र छायानाथ रारा नगर पालिकाका लागि दुई हजार क्विन्टल गरि जम्मा छ हजार क्विन्टल खाध्याना हबाई मार्ग बाट भय पनि तत्काल जिल्लामा पुर्याउन गृह मन्त्रालयमा माग गरि सकेको प्रमुख जिल्ला अधिकारि कृष्ण कुमार निरौलाले जानकारी दिनु भयो मुगुमा खाद्य संकट नभएको बेला जनतालाई यहाका स्थानीय तहहरुले राहत वितरण गरेको र खाध्य संकटको बेला स्थानीय तह खबरबिहिन भयको जनताको गुनासो छ ।

स्थानीय तहले जनताको बिकास निर्माणको लाखौ रकम कटौती गरि वितरण गरेको राहात यो बेला अर्थहीन भयको उपभोक्ताबादीहरुको भनाइ छ । वर्षेनि कर्नालिका दुर्गम जिल्लाहरुमा खाद्य संकट आउने तर बैकल्पिक व्यवस्थापन नहुंदा कठिन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित