कालीकोट । गएको साउन दोस्रो साता आएको बाढिपहिरोका कारण सबै भन्दा बढि क्षति व्यहोरोको नरहरिनाथ गाउँ पालिका शिक्षकहरुले बाढिपहिरो पिडितलाई सहयोग गर्ने गर्ने भएका छन ।
बाढिपिडितलाई सहयोग पुग्ने उद्देश्यले सम्पूर्ण शिक्षकहरुबाट ५ लाख ८१ हजार ६ सय ७५ रुपैया संकलन भएको शिक्षा शाखा प्रमुख दुर्गालाल न्यौपानेले बताउनु भएको छ ।
वहांका अनुसार स्तर अनुसार रा.प.दितियको ७ दिन,रा प त्रितियको ५ दिन र रा प अनन्कितको ३ दिन बराबरको तलब गाउँ पालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिएको बताउदै उक्त रकम थोरै भएपनि बाढिपिडितलाई राहतको महसुस हुने अपेक्षा गरिएको छ । नरहरिनाथ गाउँ पालिकामा बाढिपहिरोबाट २० जनाको मृत्यु भएको थियो भने लाखौंका धनमालको क्षति भएको थियो ।
Discussion about this post