नरहरिनाथका बाढिपिडितलाइ प्लानको ६० लाख सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको नरहरिनाथ गाउँ पालिकाका बाढिपिडितलाइ प्लान नेपालको सहयोगमा किर्डाक नेपाल मार्फत ६० लाख राहत सहयोग गरिएको छ ।आज नरहरिनाथ गाउँ पालिका सहयोग वितरण गर्दै गाउँ पालिका अध्यक्ष धिर बहादुर बिष्टले बाढिपिडितको घाउमा मलम पट्टिको काम गरेकोमा स्थानीय किर्डाक नेपाल र प्लान नेपाललाइ धन्यवाद दिनु भएको छ ।

उक्त राहत रकम वितरण कार्यक्रममा ४०० बाढी पीडितलाई १५ हजारका दरले ६० लाख राहत बितरण गरिएको किर्डाक नेपालका कार्यक्रम संयोजक वीर तिरुवाले बताउनु भएको छ ।घर भत्के र अर्काको घरमा बस्दै आएकि नरहरिनाथ ३ निबासी बाढी पिडित सुनपुरा बिष्टले आफुलाइ  १५ हजार सहयोग पाउँद राहतको महसुस भयको बताउनु भयो ।

बाढी पहिरोले कालीकोट को सबै भन्दा बढी नरहरिनाथ गाउँ पालिकामा क्षेती भयको थियो । २० जनाको ज्यान गयको छ भने लाखौ धन माल तथा घर जग्गामा क्षेती पुगेको नरहरिनाथ गाउँ पालिकाले जानकारी दिएको छ ।

गैर सरकारी सस्था बाट यति ठुलो सहयोग भएको यो पहिलो हो । यस अघि प्लान नेपालले जिल्लाका रास्कोट,सान्नी त्रीबेनि लगाएतका क्षेत्रमा बाढी पिडितलाइ खाद्यान्न, लत्ताकपडा  लगायतको राहत बितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित