नरहरिनाथमा निगाला सामाग्री उत्पादनमा जोड दिइने

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको सबै भन्दा बढि निगालाका सामाग्रि पाइने नरहरिनाथ गाउँ पालिकाको रुप्सा विशेष ठाउँका रुपमा चिनिदै आएको छ । त्यहाँ बनाइएका सुपा,नाम्ला,डोका डाला तथा छाप्रिहरुले निकै महत्व पाएको छ ।

निगालाको सामाग्रि उत्पादनमा गाउँ पालिकाले प्राथमिकतामा राख्ने गाउँ पालिकाले जनाएको छ । यहाँकाबुढा पाकाहरुले बनाउदै आएको डाका नाम्ला तथा निगालाबाट बन्ने अन्य सामाग्रिहरु पछिल्लो समयमा कम हुन थालेका छन ।

युवा जनशक्तिको चासो कम हुनु र निगालाको अभावले गर्दा निगालाका सामाग्रिहको निर्माणको काम न्युन भएको बताइएको छ । जमानामा जहांतहि निगाला पाईन्थे त्यति वेला ज्याला पाइएन अहिले ज्याला राम्रो पाइन्थ्यो तर वनमा निगाला पाउन कठिन छ । यो भनाई नरहरिनाथ ५ साविक रुप्सा ७ निवासि कुले सहकारीको हो । वहाँ वाल्यकालमा वुवाले सिकाएको निगालाको सिप ६० वर्षको उमेर पुगि सक्दा पनि जारी राखेका छन ।

सिप सिक्दा शुरुवातमा कसरी बनाउन सकिन्छ भन्ठानेका कुले सहकारी वर्षाको समयमा मेलापात गाई,भैसिको गोठालो लाग्ने समयमा निगालाका चोया निकालेर सामाग्रि बनाउन खोज्दा नजानेर खेर जाने गरेको बताउने सहकारीले अहिले पारिवारिक जोहो टार्नको लागि पनि निगालाबाट उत्पादन गरेका सामाग्रिको व्यवसायले सजिलो माध्यम बनाएकोमा उनि ढुक्क छन । पहिले निगाला जुन सुकै स्थानमा पाउने समयमा गाँउघरमा निगालाका समाग्रि गाउँ गाउँ डुलाउदा उचित ज्याला नगद नभई अन्नवालि संग साट्ने गरेको बताए । उनले भने एउटा डोकाको ज्याला दुई पाथि अर्थात ४ किलो मकै,गहुं पाउने गरेको भएपनि अहिले भने गांउमा जानै नपर्ने उचित ज्याला घरमा पाउने गरेको सहकारीको भनाई रहेको छ ।

आफुले बनाएका समाग्रिहरु जिल्ला भित्र तथा छिमेकी जिल्ला अछाम तथा दैलेख सम्म लिने गरेको बताएका छन । कुले सहकारी मात्र नभई यस क्षेत्रका अधिकांस समुदायहरुले निगालाका समाग्रि निर्माण गरेर राम्रो आम्दानि लिने गरेका छन । निगालाको चोयाबाट बनाएका सामाग्रिबाट पारिवारिक खर्च व्यवस्थापन गर्दै आएका छन ।

पहिले वनमा व्यापक पाउने निगाला अहिले नास हुंदै गएकोले निगालाको व्यावसायमाा कमि आउन थाले पछि स्थानियले निजि निगालाको नर्सरी बनाउन थालेका छन । त्यसका एक ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ कुले सहकारीलाई उनले आफैले निगालाको नर्सरी बनाएका छन । उनले निजि कवुलिएति बन बनाएर निगालाको खेति नै गरेको बताए । आफुले एक महिनामा डोका,नाम्ला तथा भकारीका साथै मोट्टा(चटाइ) बनाएर घरका छोराहरुले विक्रि गर्ने थालेकाले राम्रो रोजगारी श्रृजना भएको छ ।
नरहरिनाथ गाउँ पालिकाको माल्कोट र रुप्सामा निगालाका सामाग्रि उत्पादनका लागि स्थानिय सरकारले उद्योगको रुपमा काम गर्ने कृषक तथा समुदायहरुले सामुहिक व्यवसाय संचालनका लागि माग गरेमा गाउँ पालिकाले सहयोग गरी प्रवद्धनमा जोड दिने बताउदै गाउँ पालिका अध्यक्ष धिर बहादुर विष्टले उद्योग संचालन गर्न बजेटको व्यवस्थापन गरेका छौं । वहाँले भन्नु भयो यस अघि रुप्साका किसानहरुको माग बमोजिम अल्लो प्रशोधनका लागि सहयोग गरेका छौ अझै पनि उद्योग संचालनका लागि गाउँ पालिका तयार रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित