यस वर्ष कालीकोटमा स्याउ उत्पादनमा कमि

7
SHARES
15
VIEWS

कालीकोट । गत वर्षको तुलनामा जिल्लामा स्याउ उत्पादनमा हस आएको छ । यति वेला बजारमा स्याउ विक्रिका लागि कृषकहरुले भारी बोकेर आउने समय भएपनि देखिएको छैन ।

जिल्लाका अत्याधिक मात्रामा स्याउ फल्ने तिलागुफा नगरपालिकाको फोइमहादेव,रांचुलि र चिल्खाया तथा रास्कोट नगरपालिकाको सिप्टि विशालि लगाएतका ठाउँमा भने अनुसारको स्याउ फल्न नसकेको कृषकहरुको गुनासो रहेको छ । रास्कोटका अगुवा कृषक कल रोकायाले वर्षेनि स्याउबाट राम्रो कमाइ हुने गरेको भएपनि यस वर्ष असिनाका कारण फलेको स्याउ झरेको बताएका छन । त्यसै गरी पलांताको धौलागोहका कृषक छत्र कार्कीले आफुले संचालन गरेको स्याउ फारममा ५ सय विरुवामा गत वर्षको तुलनामा यस वर्ष स्याउ फल्ने बेलामा आएको असिनाले उत्पादन नदिएको बताए ।

कालीकोट जिल्लामा गत वर्षको तुलनामा यस वर्ष ९ प्रतिशतले स्याउ उत्पादनमा हस आएको जिल्ला कृषि विकास कार्यलय कालीकोटले बताएको छ । जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतका अनुसार स्याउ फल्ने बेलामा असिना परेकाले गत वर्ष स्याउ फलेको तुलनामा ९ प्रतिशतले कमि आएको बताउनु भयो । जिल्लामा स्याउ पकेट क्षेत्रका रुपमा स्थापित तिलागुफाको फोइमहादेव,रांचुलि र चिल्खायामा उत्पादनमा कमि भएको हो ।

अहिले बजारमा नआउदा सम्म के कति उत्पादन भयो भन्न नसकिने प्रमुख बस्नेतको भनाइ रहेको छ । यस वर्ष नपाकेको स्याउ बजारमा नल्याउन कृषकहरुलाई जानकारी गराएकोले स्याउ विक्रिका लागि कृषकहरुले नल्याएको बताउनु भयो ।

जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख बस्नेतले गत वर्ष व्यापक मात्रामा उत्पादित स्याउ जिल्ला बाहिर गएको बताउनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित