आज विश्वकर्मा पूजा, औजारहरूकाे पूजा गरिँदै

7
SHARES
15
VIEWS

काठमाडाैं। आश्विन सङ्क्रान्तिका दिन कलकारखाना तथा औजार रंगीचंगी पार्नुका साथै विशेष पूजा समेत गर्ने गरिन्छ ।

आजका दिन फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने विश्वास छ । विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा गर्ने चलन रहेको छ ।

विश्वकर्मा पूजाको अवसरमा वर्षभरि कुनै अप्रिय घटना नहोस् भनेर मेसिन तथा औजारहरूको पूजा गर्ने चलन छ ।

देशका विभिन्न भागमा रहेका मजदुरहरूले ध्वजापातकाले कलकारखाना, यातायात लगायतका फलामे औजारहरूलाई सजाउने र विश्वकर्माको मूर्ति वा तस्बिरमा पूजा गर्नुका साथै प्रसाद चढाउने गर्दछन् ।

झण्डै ६ महिनापछि बिहीबारदेखि लामो दूरीका सार्वजनिक गाडी चल्दैछन् । विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने यातायात व्यवसायीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित