काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयकाे बैठक आज बस्ने भएकाे छ ।
बैठक बिहान ११ बजे पहिलो पटक पेरिसडाँडामा बस्ने नेकपाले जनाएको छ ।
यसअघि अस्ति शुक्रबारका लागि बोलाइएको बैठक आजलाई सारिएको थियाे ।
धेरैजसो बैठक प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी ओलीको सरकारी निवासमा बस्ने गरे पनि तत्कालीन एमाले र माओवादी एकतापछि पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको नेकपाले जनाएको छ ।
Discussion about this post