काठमाडौँ। नेपालमा पहिलोपटक कोरोनाभाइरस संक्रमणका कारण एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका एक ३४ वर्षीय सैनिक जवान रहेका छन् ।
ब्लड क्यान्सरका पनि बिरामी उनको भदौ २९ गते मृत्यु भएको हो ।
नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ देखिएको हो ।
मृतकको उपचारको क्रममा मृत्यु भएको थियो । मृत्युपछिको परीक्षणमा कोरोना पनि देखिएको प्रवक्ता पौडेलले बताए ।
Discussion about this post