क्रिकेट खेलाडीको तलब ए श्रेणीकाले मासिक ५० हजार

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले क्रिकेट खेलाडीको नयाँ वर्गिकरण गरेको छ। बैठकले खेलाडीको तलबसमेत वृद्धि गरेको छ।

अब ए श्रेणीमा पर्ने खेलाडीले मासिक रु.५० हजार पाउने छन्। त्यस्तै बी श्रेणीमा पर्नेले रु.४० हजार र सी श्रेणीमा पर्नेले रु.३० हजार पाउनेछन्।

क्यानले पहिलोपटक महिला खेलाडीको पनि वर्गिकरण गरेर तलब तोकेको छ। जसअनुसार ए श्रेणीमा पर्ने खेलाडीले मासिक रु.१५ हजार, बी श्रेणीमा पर्नेले रु.१२ हजार र सी श्रेणीमा पर्नेले रु.१० हजार पाउनेछन्। क्यानले १९ महिला क्रिकेटरलाई वर्गिकरणमा समावेश गरेको छ।

क्यानको वर्गिकरण अनुसार ए श्रेणीमा परेका आठ पुरुष खेलाडीले मासिक रु.५० हजार पाउनेछन्। ए श्रेणीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेनद्रसिंह ऐरी र विनोद भण्डारी छन्।

त्यस्तै बी श्रेणीमा सुशन भारी, सोमपाल कामी, आरिफ शेख र पवन सर्राफ छन्। सी श्रेणीमा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहोरा र कमल ऐरी छन्।

जम्मा १८ खेलाडी वर्गिकरणमा परेका छन्। यसअघि अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २२ खेलाडीलाई वर्गिकरणमा राखेको थियो। जसअनुसार ए श्रेणीका खेलाडीले रु.४५ हजार, बी श्रेणीले रु.३५ हजार र सी श्रेणीले रु.२५ हजार तलब पाएका थिए। क्यानले तोकेको रकम खेलाडीहरुले जनवरी २०२० देखिकै पाउनेछन्।

आईसीसीको वर्गिकरणमा नपरेका सुवास खकुरेल र कमल ऐरी यसपटक सी श्रेणीमा परेका छन्। त्यस्तै कुशल भुर्तेल, राजु रिजाल, प्रदीप ऐरी, ललितनारायण राजवंशी, इशान पाण्डे र सन्दीप जोरा वर्गिकरणमा परेका छैनन्।

क्यान बोडै बैठकले प्रशिक्षक जगत टमाटालाई पनि ए श्रेणीका खेलाडीले पाउने बराबरको तलब दिने निर्णय गरेको छ। उनी यसअघि सन् २०१७ र २०१८ मा सी श्रेणीमा थिए। उनलाई सन् २०१९ देखि नै ए श्रेणीको तलब दिने निर्णय क्यानले गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित