नेकपा कर्नालि प्रदेशले स्थानिय तहको जिम्मेवारी तोक्यो

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कर्नालि प्रदेशले जिल्लाका नगर तथा गाउँ पालिकाको इन्चार्जको जिम्मेवारी तोकेको छ ।  कालीकोट जिल्लामा रहेका ९ वटा स्थानिय तहमा कर्नालि प्रदेश समितिका सदस्यहरुलाई इन्चार्जको जिम्मेवारी तोकेको बताइएको छ ।

नगरपालिका अन्तरगत रास्कोट नगर इन्चार्जमा नरपति सुनार,खांडाचक्र नगरपालिकामा गंगा खड्का बोगटी र तिलागुफा नगरपालिकामा विजया विष्टलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ भने महाबैमा लक्ष्मि चौलागाइ शैलेन्द्र,शुभकालिकामा भरत राज धिताल,नरहरिनाथ गाउँ पालिकामा विष्णु विक विकल्प,सान्नित्रिवेणि गाउँ पालिकामा विरेन्द्र बोगटी,पचालझरना गाउँ पालिकामा देवजंग शाही,पलांता गाउँ पालिकामा तुलाराज सिमखाडालाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र १को इन्चार्जमा धनजित शाही र प्रदेश सभा निर्वाचन क्षेत्र २को इन्चार्जमा नगिन्द्र शाहीलाई तोकिएको बताइएको छ । इन्चार्जको जिम्मेवारी पाउने मध्ये पूर्व माओवादीबाट ४ जना र पूर्व एमालेबाट ५ जना रहेका छन ।

इन्चार्जको जिम्मेवारी पाउनेमा रास्कोट नगर इन्चार्ज नरपति सुनार राष्टिय सभाका सदस्य छन भने तिलागुफा नगर इन्चार्ज विजया विष्ट खांडाचक्र नगरपालिकाका उपप्रमुख हुनुुहन्छ भने अन्य नेताहरु भने पार्टी नेतृत्वमा रहेका छन ।

पूर्व माओवादीको पहुंंच भएको कालीकोट जिल्लामा यस अघि स्थानिय तहहरुको अध्यक्षको जिम्मेवारी दिदा दुई नगरपालिका पूर्व माओवादी, १ नगरपालिकामा पूर्व एमालेलाई दिइएको थियो भने गाउँ पालिका अन्तरगत पूर्व माओवादीबाट ३ र पूर्व एमालेबाट ३ लाई दिइएको थियो । जुन स्थानिय तहमा विजयि भएको आधारमा जिम्मेवारी तोकिएकोमा इन्चार्जको जिम्मेवारीमा भने पूर्व एमालेबाट ५ स्थानिय तह रहेका छन भने पूर्व एमाओवादीलाई ४ स्थानिय तहको जिम्मेवारी दिएको बताइएको छ ।

असोज ४ गते प्रेशित विशेष परिपत्रमा गत वर्षको फागुन महिनाको ७ गतेको निणर्य अनुसार जिल्लाको सल्लाह सुझावलाई आधारमानि जिम्मेवारी तोकिएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित