कालीकोटमा जोरविजोर प्रणालि मार्फत पढाइ शुरु ,विद्यार्थिमा उत्साह

7
SHARES
15
VIEWS

कालीकोट । लक डाउनका कारण बन्द भएको शिक्षा क्षेत्रमा पछिल्लो साता जिल्ला भर पठन पाठन शुरु भएको छ । कालीकोट जिल्लाका विभिन्न स्थानिय तहमा पढाइलाई सुचारु गरिएको छ ।

कतै जो विजोर कतै समग्र विद्यार्थिलाई उपस्थित गराई पढाइ शुरु भएको बताइएको छ । जिल्लाका तिलागुफा नगर पालिका र पचालझरना गाउँ पालिकाले शुरु गरेको पढाई पछिल्लो समय सरकारले विद्यालय खोल्ने निर्देशन दिए संगै कालीकोटका ग्रामिण क्षेत्रमा पढाइ शुरु हुंदा विद्यार्थिहरुमा उत्साह आएको छ ।

स्थानिय स्तरमा करिव ६ महिना सम्म पढाइ संचालन नहुंदा उकुसमुकुस भएर बसेका विद्यार्थिहरुमा उत्साह आएको छ । पछिल्लो समयमा महावै,नरहरिनाथ लगाएतका सबै स्थानिय तहमा पढाइ शुरु भएको बताइएको छ ।

महावै गाउँ पालिकाको देव मावि ओदामा जोर विजोर प्रणालिबाट पढाइ शुरु गरिएको छ । देव माविका प्रधानध्यापक देउला सिंह ठकुरीका अनुसार जोर विजोर प्रणलि अनुसार पढाइ शुरु भएको बताउनु भएको छ । वहाँले भन्ने भयो कक्षा १,३,५?७ र ९लाइ आइत,सोम र मंगलबार पढाइ हुने छ भने कक्षा २,४,६,८ र १०लाई बुध,विह र शुक्रवार पढाइ संचालन गरिएको बताउनु भयो । त्यहि अनुसार शिक्षकलाई समेत उपस्थित हुने बताइएको छ ।

यस अघि पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालको पहलमा कालीकोट जिल्ला शिक्षा समन्वय इकाइको बैठकले जिल्लामा पढाइ शुरु गर्नका लागि गाउँ पालिकालाई जिम्मेवार बनाई विद्यालय संचालन गर्ने निणर्य गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित