पछिल्लो २४ घण्टामा १० मृत्यु, कोरोना संक्रमित मृतकको संख्या ४७७ पुग्यो

7
SHARES
15
VIEWS

काठमाडौँ । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ ।

आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप १० कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

यससँगै मृतकको संख्या ४ सय ७७ पुगेको छ ।

आइतबार देशभर थप १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ८ सय ८५ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ८ सय ८५ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ ।

हाल देशभर १९ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित