देशभर कहां कति कोरोना संक्रमित

7
SHARES
15
VIEWS

काठमाडौं/वैशाख, विश्वमा फैलिएका कोरोना भाईरसका कारण नेपालमा पछिल्लो समय संक्रमित हुनेको संख्यामा ह्वात्तै बढे पछि देशभर चिन्ता बढेको छ भने प्रधानमन्त्रिले भारतबाट नेपालिहरु ल्याउन नहुने तर्क अघि सारेका छन ।

कहाँ के कति विबरण सहित

प्रदेश १ सबैभन्दा बढी प्रभावित बनेको छ । देशका ६ वटै प्रदेशमा कोरोना पुष्टि भए पनि कर्णाली प्रदेशमा भने अहिलेसम्म भेटिएकाे छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, प्रदेश १ मा ३१, प्रदेश २ मा १३, वागमतीमा ७ र गण्डकी प्रदेशमा २ जना संक्रमित भेटिएका छन् । प्रदेश ५ का १७ र सुदूरपश्चिम प्रदेशका ५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा भने अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।संक्रमितमध्ये १६ जना भने स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् । संक्रमितमध्ये रूपन्देहीमा १, नेपालगञ्जमा १६, धनगढीमा १, भरतपुरमा १, वीरगञ्जमा ९ र विराटनगरमा ३१ जना उपचाररत छन् । यी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

देशभर १ सय ६ जना शंकास्पद बिरामी भेटिएका छन् । उपत्यकामा १ र उपत्यकाबाहिर १ सय ५ जना शंकास्पद बिरामी भेटिएका हुन् । उनीहरू आइसोलेसनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

२१ हजार ५ सय २३ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तैगरी, गण्डकी प्रदेशमा ५ हजार ८ सय ८२, प्रदेश नम्बर ५ मा ४ हजार ८ सय ३१, कर्णाली प्रदेशमा ८ हजार १ सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १ सय ३६ जनाको आरडीटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए

१३ हजार ६ सय ४० जनाको पीसीआर विधिबाट नमूना परीक्षण भएको छ । आरडीटी विधिबाट ५० हजार ८ सय ४५ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८२ जनाको परीक्षण भएको छ । प्रदेश नम्बर १ मा ५ हजार ८ सय ३७, प्रदेश नम्बर २ मा ५ हजार ७ सय ३६ र वागमती प्रदेशमा ८ हजार ६ सय १० जनाको आरडीटी परीक्षण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित