कालीकोटका ग्रामिण क्षेत्रमा हावाहुरीले धानवालि नष्ट

7
SHARES
15
VIEWS

कालीकोट । ग्रामिण क्षेत्रमा पाक्ने वेलामा हावाहुरीले धान वालि नष्ट हुंदा स्थानिय चिन्तामा परेका छन । जिल्लाका तिलागुफा,महावै लगाएतका क्षेत्रमा भित्राउने समयमा हावाहुरीका कारण धानवालि ढलेर कुहिन थालेपछि कृषकहरु चिन्तामा परेका हुन ।
धानवालि भित्राउन नपाउदै खेतबारीमा मैमैसान भएका देख्दा आफुहरु दुखि भएको कृषकहरुले बताएका छन । विगत वर्षको भन्दा यस वर्ष धानवालि ढलेर उत्पादनमा हस आएको कृषक रज बहादुर विष्टले बताए । उनले भने यस वर्ष लगातारको वर्षाले धान ढलेर उत्पादनमा कमि आउने समस्या बढेको छ ।

यसका लागि कुनै पनि औषधोपचार नहुने भएको उनको भनाई रहेको छ ।
पछिल्लो समयमा मकैमा दुम्सि र बांदरले नोक्सान पुगाएको र धानवालिमा ढलेर समस्या आएको कृषकहरुको गुनासो रहेको छ । कृषकहरुले ल्याएको समस्या समाधानका कृषि शाखा लागि परेको तर धान वालि ढल्ने र बन्यजन्तुको व्यवस्थापनका लागि औषधि नभएको कृषि प्राविधिकले बताएका छन ।
जिल्ला भर कृषकहरुले कृषि सम्बन्धि समस्या ल्याउने गरेको हिमचुलि कृषि सहकारी संस्थाका पादमघाट सेवा कार्यालयका व्यवस्थापक चन्द्रमणि आचार्यले बताएका छन ।

आफुहरु संग ज्ञान नहुने तर समस्या आउने भएकाले त्यसको समाधानका लागि स्थानिय तहले समास्या निराकरणका लागि सोच्नु पर्ने आचार्यको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित