कालीकोट । पछिल्लो समयमा कालीकोटमा कोरोना संक्रमणको संख्या बढेको छ । हाल सम्म जिल्लामा १ सय ९ जनामा कोरोना पुष्टी भएको छ भने १०० जनालाई निको भएर घर फर्केका छ्न ।
बिहीबार मात्र जिल्ला अस्पताल कालीकोटका ९ जना स्वास्थ्ययकर्मिमा कोरोना देखिएपछी जिल्ला अस्पताल कालीकोटमा अत्यावश्यक सेवा बाहेक अरु सेवा बन्द गरिएको बताइएको छ ।
जिल्ला अस्पताल कालीकोटका निमित्त ब्यबस्थापक कटक महतले जानकारी दिनु भएको छ । वहाँका अनुसार आज बसेको कोभिड संकट ब्याबस्थापन समितिको बैठकले सबै स्वास्थ्य कर्मीको पिसिआर जाँच गर्नु पर्ने भएकाले स्वास्थ्य सेवा बन्द गरिएको जानकारी दिनु भएको छ ।
कोभिड संकट ब्यबस्थापन समितिको निर्णय अनुसार सबै पालिकामा सजकता अपनाउने निर्णय गरेको बताएको छ । यस अघि कालीकोट जिल्लामा कोरोना संक्रमण खाली भएपनी समुदाय स्तरमा देखिएकाले सबले सजक हुन बिज्ञहरुले सुझाव दिएका छ्न ।
जुम्लामा ४७ जनामा कोरोना पुष्टी भएपछी जुम्ला सदरमुकाममा निशेधाज्ञ जारी गरिएको छ भने पहिलो पटक कर्नाली प्रदेश अस्पतालका डा हरि साप्कोटाको निधन भएको छ ।
Discussion about this post