कांग्रेस केन्द्रिय निति अनुसन्धान र प्रशिक्षण प्रतिष्ठान संयोजकमा बम

7
SHARES
15
VIEWS

कालीकोट । नेपालि कांग्रेसले पछिल्लो समयमा पार्टीका विभागहरु गठनको कामलाई निरन्तरता दिए संगै केन्द्रिय निति अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानको केन्द्रिय संयोजकमा कालीकोटका मोतिराज बमलाई मनोनयन गरेको छ ।

यस अघि केन्द्रिय सदस्य रहेका बमलाई संयोजकको जिम्मेवारी दिइएको बताइएको छ ।

नेपालि कांग्रेसका महासमिति सदस्य रहेका बम यस अघि केन्द्रिय सदस्य हुनुहुन्थ्यो । उनको नियुक्ति पत्रमा नितिगत प्रतिरक्षा विषयमा कार्यक्रम संचालन, सदस्यहरुलाई प्रशिक्षण र भविष्यका लागि निति निर्माणमा सहयोग गर्न पार्टीको विधानको धारा ३६को १(क)अनुसार संयोजकको जिम्मेवारी दिइएको बताइएको छ ।

सामाजिक संजालमा केन्द्रिय पार्टीलाई धन्यवाद दिदै नेता मोतिराज बमले आभार प्रकट गर्नु भएको छ ।
नेता मोतिराज बम कालीकोटको पार्टी सभापतिको दाबेदार हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित