कालीकोट । कोरोना मुक्त भएको कालीकोटमा पछिल्लो २४ घण्टामा ४ जना थप भए सङ्गै संक्रमितको संख्या १सय १४ पुगेको छ । तिलागुफा नगरपालिकाको चिल्खायामा ४ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यलय कालीकोटले जनाएको छ ।
यस अघि जिल्ला अस्पतालका १० जना स्वास्थ्य कर्मिमा संक्रमण देखिएको र शनिबार मात्र थप ४ जनामा देखिएको जिल्ला स्वास्थ्य कार्यलय कालीकोटका निमित्त स्वस्थ्य सेवा ब्यबस्थापक कटक महतले जानकारी दिनु भएको छ । वहाँका अनुसार हाल सम्म जिल्लामा ५ हजार ७ सय ९६ जनाको पिसिआर परिक्षण गरिएको छ भने २ हजार ८ सय २१ जनाको आरडिटि परिक्षण गरेकोमा १ सय १४ जनामा संक्रमण देखिएको बताइएको छ ।
जस मध्ये १०० जना निको भएर घर फर्किएका छन भने १४ जना आइसोलेसनमा रहेको महतले बताउनु भयो ।
Discussion about this post