अब देखि जुम्ला बाट डोल्पा सडक संजालमा जोडिएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जुम्ला–डोल्पा जोड्ने पुलको उद्घाटन गरे सङ्गै दुई जिल्ला सडक संजालमा जोडिएका हुन । नौ वर्ष पछि सम्पन्न भएको उक्त पुल दानसाँघुस्थित तिला र जवानदीको बिचमा पर्दछ । आन्तरिक मामिला मन्त्री नरेश भण्डारीले संविधान सभा, तत्कालीन स्थानीय निकाय हुँदै संघीय संरचना आइसकेपछि निर्माण भएको दानसाँघु पुल साविकको कर्णालीको पहिलो पक्की पुलले आवागमनमा सहजता आएको बताउनु भएको छ ।
पूर्वाधार विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रुपबहादुर रावलले चार करोड ३९ लाख ७१ हजार लागतमा निर्माणमा उक्त पुल सम्पन्न भएको बताउनुभयो ।
Discussion about this post