बाढी पहिरो पिडितलाइ हिमचुली द्वारा राहत बितरण

7
SHARES
15
VIEWS

कालीकोट । गएको साउन दोर्सो साता आएको बाढी पहिरोबाट  क्षेती पुगेका पिडित परिवारलाइ हिमचुली कृषि सहकारी सस्था लि

मेहलमुडी सेवा कार्यलयले नगद बितरण गरेको छ । मंगलबार बिहान सेवा कार्यलय मेहलमुडिले सान्नित्रीबेणी ५ का घर भत्केका अषाढी सुनार,हस्ता सुनार र अमृता सुनारलाइ २ हजारका दरले ६ हजार राहत दिएको सेवा कार्यलय लेखा सहायक सुमित्रा शाहिले जानकारी दिनु भएको छ ।

यस अघि सस्थाले महाबै गाउँ पालिका नकु, तिलागुफा नगरपालिका नाग्म, रास्कोट नगरपालिका र नरहरिनाथ गाउपालिकामा बाढी पहिरोले मृत्यु भएका  मृतकका आफन्तलाइ ५ हजारका दरले राहत दिएको थियो ।

थोरै भएपनि पिडितलाइ मलमपट्टि होस भनेर सस्था द्वारा स्थापना गरिएको बिमा कोषबाट उक्त सहयोग गरिएको र आगामी दिनमा कोष वृद्धि गरेर भैपरी आउने समस्याको समाधान गरिने सस्थाका उपाध्यक्ष तथा बिपत ब्यबस्थापन समितिका संयोजक देबनारायण संज्यालले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित