कालीकोट । पछिल्लो समयमा कोरोना कहरको प्रवाह नगरी राजनैतिक दलका गाउँ घरका कार्यक्रम तिब्र गरेको पाइन्छ ।
नेपाली काङ्ग्रेसले महाधिवेशनको तयारीको पुर्ब सन्ध्यामा गाउँ गाउँमा अभियान थाले पछि नेकपाका कार्यक्रता तान्ने क्रम बढीरहेको समय नेकपाले पनि अभियान तिब्र पारेको छ । नेकपाको गढ भनेर चिनिएका ठाउ खाडाचक्रको सेरा, महाबैको गेला,तिलागुफाको चिल्खाया लगाएतका स्थानमा नेपाली काङ्ग्रेस, बिप्लब नेतृत्वको नेकपा र नेमकिपा बाट नेकपामा सयौ कार्यक्रता प्रवेश गरेको नेकपा खाडाचक्र नगर इन्चार्ज गङ्गा खड्काले बताउनु भयो ।
उहाँका अनुसार जिल्ला स्तरका नेता सहित चिल्खायामा ३ सय बढी नेकपामा प्रवेश गरेको बताउदै खाडाचक्रको सेरामा ५० भन्दा बढी कार्यक्रताहरु पुन नेकपामा फर्किएको बताउनु भएको छ ।
नेकपाले आफ्ना कार्यक्रताहरुलाइ झुट्टा आश्वासन दिएर प्रवेश गराएको आरोप लगाएको छ । भने नेपाली काङ्ग्रेसले सत्तमा पुगेर पनि जनताका आकान्क्षा अनुसार काम नगरे पछि जनतामा बिश्वास घट्दा नेकपा परित्याग गर्न थालेको आरोप प्रत्यारोप लगाउने होडबाजी नै चलेको छ ।
कालीकोट जिल्लामा अहिले सरकारको निर्बाचन भैरहेको छ कि भन्ने भान हुन थालेको स्थानीयहरुले बताएका छ्न ।
Discussion about this post