सहकारी क्षेत्रमा समयसापेक्ष कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्छौँ : मन्त्री अर्याल

7
SHARES
15
VIEWS

काठमाडौँ । राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको २५ वर्षे रणनीतिक योजना (२०७७/०७८–२१०२/०३) को मस्यौदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याललाई बुझाएको छ ।

बोर्डले आज (बुधबार) मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी मन्त्री अर्याललाई २५ वर्षे रणनीतिक योजनाको मस्यौदा हस्तान्तरण गरेको हो ।

रणनीतिक योजनाको मस्यौदा बुझ्दै मन्त्री अर्यालले सहकारी आन्दोलनको बिस्तार, विकास र सुदृढिकरणका निम्ती रणनीतिक दस्तावेज निर्माण गरेको बताइन् ।

अन्तर्राष्ट्रिय अभ्यास, राष्ट्रिय अवस्थालाई समेत ध्यानमा राख्दै सहकारी क्षेत्रको समग्र विकासका लागि स्पष्ट भिजनका साथ रणनीति तयार गरिएको मन्त्री अर्यालले बताइन् ।

संविधानले ३ खम्बे अर्थनीतिमा सहकारी क्षेत्रलाई महत्वपूर्ण क्षेत्रको रुपमा लिएको प्रसङ्ग जोड्दै उनले संविधानको कार्यान्वयनसँग जोडेर २५ वर्षे रणनीति तयार गरेको उल्लेख गरिन् ।

मन्त्री अर्यालले सहकारी क्षेत्रलाई उद्यमशीलता, व्यवसायिकतामा लगाउनका निम्ती बाधक रहेका ऐनहरुको संशोधन गरेर अगाडि बढ्ने समेत बताइन् । सहकारी विकास बोर्डले तयार पारेको सहकारी क्षेत्रको २५ वर्षे रणनीति मन्त्रालयको तर्फबाट छिट्टै कार्यान्वयनमा ल्याइने समेत बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित