कर्णाली प्रदेशको गुर्भाकोट नगर पहिलो स्मार्ट पालिका

7
SHARES
15
VIEWS

सुर्खेत । सूचना, सञ्चार र प्रविधिको उच्चतम प्रयोग गर्दै जनताका सेवा सुविधा र जन गुनासोलाई प्रविधिसँग जोड्ने प्रयास गर्दै गुर्भाकोट नगरपालिकाले कर्णाली प्रदेशकै पहिलो स्मार्ट नगरको रुपमा आफूलाई प्रस्तुत गरेको छ ।

स्मार्ट पालिका प्रालि काठमाडौंको प्राविधिक सहकार्यमा डिजिटल सुशासन प्रणाली तथा मोबाइल एप्स तयार गरी नगरप्रमुख हस्त पुनलाई हस्तान्तरण गरी शुभारम्भ समेत गरिएको छ ।

देशका लगभग ११० भन्दा बढी स्थानीय तहलाई प्रविधिमय बनाउँदै नागरिकका सेवालाई घर बसी मोबाइलको प्रयोग गर्दै लिन सकिने प्रविधिको विकास गरी कर्णाली प्रदेशमा पनि यो कार्य गर्न पाएकोमा अत्यन्तै खुशी लागेको स्मार्टपालिका जनसम्पर्क संयोजक राजानन्द माण्डव्यले बताए ।

स्मार्ट पालिकाले विगत १ वर्षको अथक प्रयासमा यो कार्यक्रम सम्पन्न गरी नगरपालिकाको जिम्मेवारी पूरा गरेको भन्दै स्मार्ट पालिकाका अभियान निर्देशक बिबस महतले सुशासन प्रणाली तथा मोबाइल एप्स प्रस्तुतिसँगै अन्तक्र्रिया समेत गरेका छन् ।

नगरका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खत्रीका अनुसार नगरले पहिलो प्रविधिमय कदम चालेको हो । अबका दिनमा अझै उच्चतम प्रविधिको प्रयोग गरी गुर्भाकोट नगरपालिकाले जनताका सेवासुविधा मोबाइलको माध्यमबाट गर्ने मात्र नभई कर्मचारीलाई समेत प्रविधिमैत्री बनाउन तत्पर रहेको बताएका छन् ।

नगरपालिकाले एक वर्षको प्रयासमा स्थानीय स्वयंसेवकको सहयोगमा पहिलोपटक डिजिटल घरधुरी तथ्यांक संकलन गरि पेपरलेस प्रणालीमा अघि बढ्ने प्रयास गरेकोमा आफू पनि खुशी रहेको सूचना प्रविधि अधिकृत नरेन्द्र कुमार विकले बताए ।

नगरप्रमुख हस्त पुनका अनुसार नगरपालिका प्रविधिको प्रयोग गर्न बल्ल पाइला टेक्दै छ । ‘अझै अप्ठ्यारा बाटाहरु बाँकी छन्, तर पनि जनतालाई सुचना र प्रविधिको प्रयोग गराउँदै प्रविधिमैत्री सुशासन प्रणालीसहितका सेवा दिँदै आगामी दिनमा आफ्नै डाटा सरभर, हरेक वडामा फ्री इन्टरनेटसहित नागरिकसँग प्रत्यक्ष रुपमा जोडिने मात्र नभई नगरका आन्तरिक काम कारबाही पनि अब प्रविधिमैत्री हुने छन्’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित