फिनल्यान्डमा एक दिनका लागि १६ वर्षीया किशोरी प्रधानमन्त्री

7
SHARES
15
VIEWS

हेलसिङ्की । फिनल्यान्डमा १६ वर्षीया एक किशोरीलाई प्रधानमन्त्रीको पद सुम्पिएको छ ।

प्रधानमन्त्री सन्ना मरिनले दक्षिण फिनल्यान्डको वास्कीकी १६ वर्षीया किशोरी आभा मुर्टोलाई उक्त पद सुम्पिएको बताइएको छ । प्रधानमन्धी सन्ना मरिनले किशोरीहरुको अवाज बुलन्द गर्नका लागि यस्तो कदम उठाइएको फिनिस सरकारको आधिकारिक ट्विटर पेजमा उल्लेख गरिएको छ ।

किशोरीहरुको अधिकारलाई बढावा दिनका लागि मुर्टोलाई १ दिनका लागि प्रधानमन्त्रीको कुर्सी सुम्पिएको ट्विटरमा लेखिएको छ ।

प्रधानमन्त्रीको पद पाएपछि आभाले यो दिन आफ्नो लागि निकै रोमाञ्चक दिन भएको बताएकी छिन् । त्यसो त फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन आफै युवा हुन् ।

एक दिनका लागि प्रधानमन्त्री बनेकी आभाले देशको प्रधानमन्त्री बन्दाको क्षण निकै खास भएको बताएकी छिन् । प्रधानमन्त्रीको रुपमा उनले न्यायका चान्सलरसँग बैठक पनि गरेकी थिइन् र यस क्रममा उनले सञ्चारमाध्मयसँग कुराकानी पनि गरेकी थिइन् ।

आभाले जलवायु परिवर्तन र मानव अधिकारसँग जोडिएका मुद्दाको सक्रिय रुपमा प्रचारप्रसार गर्दै आएकी छिन् । उनलाई गर्ल्स टेकओभर नामक अभियानमार्फत १ दिनका लागि प्रधानमन्त्री बनाइएको हो ।

यो अभियानको मुख्य उद्देश्य किशोरीहरुको डिजिटल क्षमता निखार्न र अवसरको बारेमा जानकारी दिनु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित