पत्रकार भट्टराईको पहलमा नरहरिनाथलाइ स्टेचर

7
SHARES
15
VIEWS

कालीकोट । केही दिन पहिले एक महिलालाइ सुत्केरी गराउन लैजादै गर्दा स्टेचर नभै काठको डण्डामा झुण्ड्याइ अस्पताल लैजादै गरेको फोटा सामाजिक संजालमा आए सङ्गै नरहरिनाथ गाउँ पालिकामा स्टेचर नभएर त्यसो गरिएको होकि के हो ?भन्ने निकै कौतुहलता छाएको छ ।

                                                                                     सुुुत्केरीको उपचारका क्रममा

 विभिन्न निकाय तथा ब्यक्तितब बाट सहयोग मागेर भए रेडियो मालिका एफएमका पत्रकार पुस्प भटराईले नरहरिनाथ गाउँ पालिकालाइ ९ वटा स्टेचर दिएका छ्न ।

उनले अमेरिकामा रहेका राजकुमार हमालबाट १५ हजार,रास्कोटका लंक कार्कीबाट १० हजार र बांकी १५ हजार ५ सय रकम पत्रकार पुष्पराज भटराईको सहयोगमा गरी कुल ४० हजार ५ सयमा ९ वटा स्टेचर प्रदान गरिएको हो । आज नरहरिनाथ गाउँ पालिकाका प्रमखु प्रशासकिय प्रमुख लाल बहादुर मल्ललाई हस्तान्तरण गरिएको हो ।

स्टेचर ग्रहण गर्दै प्रमुख प्रशासकिय प्रमुख लाल बहादुर मल्लले स्टेचर नभएर भन्दा पनि परिस्थितिले समस्याको सृजना गरेको बताएका छन । उनले आगामी दिनमा यस्ता समस्या आउन नदिने समेत बताए ।

स्टेचर हस्तान्तरण कार्यक्रममा बोल्दै पत्रकार पुष्पराज भटराईले नरहरिनाथ गाउँपालिकालाई चुनौतिको रुपमा भन्दा पनि स्वस्थ्य क्षेत्र जस्तो संवेदिनशिल क्षेत्रमा समस्या आउन नदिन सहयोग गरेको बताए ।नरहरिनाथ गाउँ पालिकाका ९ वटै वडालाइ १/१ पुग्ने गरि स्टेचर सहयोग गरेका बताए ।

उनले यस अघि आफ्नै ४२ हजारको लगानिमा महाबै गाउँ पालिकामा ७ वटा स्टेचर सहयोग गरेका थिए ।

यस अघि जिल्ला समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाहीले पनि ५ वटा स्टेचरका लागि सहयोग गर्ने अभिव्यक्ति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित