कर्नालिका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही विरद्ध पुर्व एमाले द्धारा अविश्वासको प्रस्ताव

7
SHARES
15
VIEWS

सुर्खेत। ५ वर्षे कार्यकाल मध्ये आधा कार्यालय पूर्व एमालेले पाउनु पर्ने भन्दै १८ जना सांसदहरुले कर्नालिका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन । कर्नालि प्रदेशको सत्तारुढ नेकपामा ध्रुविकरण बढ्दै जाँदा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । १८ जना सांसदले महेन्द्रबहादुर शाही नेतृत्वको सरकार बिरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । देश संघीय संरचनामा गइसकेपछि बनेको प्रदेश सरकारमा आफ्नै सरकारविरुद्ध सत्तारुढ दलले नै अविश्वासको प्रस्ताव दर्ता गराएको यो पहिलो अवसर हो ।

अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरुले महेन्द्रबहादुर शाही प्रदेशमा नेकपा संसदीय दलको नेतामा चयन भएपछि संसदीय दलको प्रभावकारिता र सरकारको उपस्थिति फितलो भएको आरोप लगाएका छन् । यमलाल कँडेलको नेतृत्वमा दर्ता गराइएको अविश्वास प्रस्तावमा चक्रबहादुर शाही, करवीर शाही, कुर्मराज शाही, अम्मर बहादुर थापा, सुशील कुमार थापा, दानसिंह परियार, देबी ओली लगायत १८ जना रहेका छन् । यसरी अविश्वास प्रस्ताव दर्ता गर्नेमा पूर्व एमालेहरुसँगै केहि पूर्व माओवादी पनि रहेको बताइएको छ।
नेकपा सांसदहरुले नेकपा प्रदेश सभा संसदीय दलको विधान २०७५ को नियम २४ (१) अनुसार अविश्वासको प्रस्ताव दर्ता गरेको बताएका छन् । उनीहरुले तत्काल विधानको नियम १, २, ३ र ४ अनुसार बैठक राखेर प्रस्तावलाई निर्णयका लागि पेश गर्न माग समेत गरेका छन् ।

अचानक अविश्वास प्रस्ताव दर्ता भएपछि यसले नेकपा भित्र भित्रभित्रै समस्या भुसको आगो जस्तै फैलिएको रहेछ भन्ने देखिएको छ । अविश्वासको प्रस्ताव दर्ता गर्न नेतृत्व गर्ने कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्रीको दाबेदार थिए । तत्कालीन एमाले र माओवादी केन्द्रबीच भागबण्डा हुँदा कर्नालि र सुदूरपश्चित माओवादी केन्द्रको भागमा परेपछि उनले मुख्यमन्त्री पाएका थिएनन् । तर संघीय सरकारमा प्रधानमन्त्रीमा दुई अध्यक्ष केपी ओली र प्रचण्डले आधा आधा कार्यकाल बाँड्ने सहमति गरे जस्तै कर्नालि प्रदेशमा पनि आधा कार्यकाल बाड्ने सहमति भएपनि मुख्यमन्त्री शाहीले त्यसलाई टार्दै गएको कँडेल पक्षको आरोप छ। यहि सहमति कार्यान्वयन गर्न शाही बिरुद्ध अविश्वास प्रस्ताव दर्ता गराइएको कँडेल निकट एक नेताले बताए ।

हस्ताक्षर गर्नेमा पूर्व एमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित