मैले सबै स्तरमा सहकार्य समन्वय गरेकै छु अन्य निकायबाट जति हुनु पर्ने हो भएको छैन— नेकपा अध्यक्ष शाही

7
SHARES
15
VIEWS

दुई ठुला कम्युनिष्ट पार्टी एकताले नेपालि समाजमा एक किसिमको हलचल पैदा गराए संगै विभिन्न समयमा विभिन्न खालका धर्मराहट हुनु कुनै अनौठो हैन । देशभरको परिस्थितिलाई मध्यनजर गर्दै साविकको कर्नालि अंचल भित्रको कम्युनिष्टको बलियो आधार हुंदै आएको कालीकोट जिल्लामा पार्टी एकता देखि हाल सम्म आउदा करिव डेढ वर्ष देखि जिम्मेवारी लिनु भएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कालीकोटका अध्यक्ष धनजित शाही संग अहिलेको समसामयिक तथा पार्टी कामका बारेका कर्नालि संचारका कार्यकारी सम्पादक रुपेन्द्र ऐडीले लिएको संक्षिप्त अन्तरवार्ता यहां प्रस्तुत गरिएको छ ।
तपाईले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कालीकोटको जिम्मेवारी लिइसके पछि के के गर्नु भयो ? के के अवसर र बाधा व्यवधान आएका थिए ?
हामीले शुरुवातको चरणमा आन्तरिक पार्टी संगठन व्यवस्थापनमा धेरै समय वितेको छ । हाम्रो जिल्लामा पार्टी केन्द्रले तय गरे अनुसार जिल्ला कमिटि फर्मेशन,सचिवालय गठन,स्थानिय तहको जिम्मेवारी बांडफांट र कार्यविभाजनको क्रमले निरन्तरता पाएको थियो । पछिल्लो समयमा पार्टीका भाृत संगठनको समायोजनमा पनि हामी खट्यौं ।त्यस पछि जनस्तरमा सामुहिक रुपमा भेला बैठक, स्थानित तह सम्म संगठनको फर्मेशन गर्न सफल भएका छौं । हाम्रो जिल्ला स्वभाबैले नेताहरुको ठुलो हिस्सा भएकाले व्यवस्थापनका लागि निरन्तर छलफल,भेला बैठक गर्ने काम भएको छ । त्यति मात्र हैन सरकार र पार्टीलाई एक आपसमा मिलाएर लैजानका लागि विभिन्न समयमा संयुक्त बैठक गर्ने काम भएको छ । सरकार पार्टी संग संगै अघि बढ्न साझा प्रतिवद्धता गर्ने काम भएको छ भने जन स्तरमा जान खोज्दा खोज्दै देशमा महामारीका रुपमा देखिएको कोरोना कारण जनस्तरमा भेटघाटका काम हुन सकेका छैनन । यसलाई हामी मध्यनजर गर्दै अधिकांस स्थानिय तहमा भेला तथा बैठक गर्न सफल भएका छौं । बाढिपहिरोको राहत उद्धारका कार्यक्रममा सहभागि हुने काम भयो । यस क्रममा हामीलाई संगठन विस्तारका क्रममा स साना समस्याहरु आएका थिए ति समस्याको समाधान गरेका छौं । जिल्ला पार्टीलाई मजबुत बनाउनका लागि जिल्ला इन्चार्ज तथा कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको ठुलो हात रहेको छ । पटक पटक जिल्लामा आएर जनस्तर सम् भेटघाट छलफल भएको छ त्यो जिल्ला पार्टीका लागि अवसरका रुपमा लिएका छौं । त्यसै गरी पार्टीको समन्वयमा स्थानिय सरकारले बजेट ल्याएका छन त्यो पनि पार्टीको लागि ठुलो अवसर हो ।तमाम अवसरका विचमा थोरै चुनौतिलाई हामीले सहजै हल गरेका छौं । विशेष गरी पार्टी एकता सहजताका साथ सम्पन्न गरेका छौ । अधिकांस जिल्लामा लामो समय विवाद भएको थियो तर कालीकोटमा त्यो समस्या केही आएन । पार्टी संगठन जिवित राख्ने विभिन्न क्रियाकलाप हामीले सम्पन्न गरेका छौं ।
— जिल्ला स्तरमा केही स्थानिय तहमा पार्टी र सरकार विचको अन्तरविरोध चुलिदै गएको सन्दर्भमा नेतृत्वबाट अपुग्ता भएको भन्ने छ नि ?
त्यसो होइन नेतृत्वबाट अपुग्ता हैन पुगेको छ । सोक्षित रुपमा हामीले समस्याको समाधान दिएका छौं । आ आफ्ना आदत,सोच शैलिहरुका कारणले केही अपुग्ता रहेको देखिन्छ । हो त्यसमा पनि जो जहाँंको समस्या हो त्यहाँका जिम्मेवार कमरेडहरुले बढि उत्तरदायि हुनु पर्ने हो । आ आफ्नो हठ त्याग्नु नसक्नु,माथिल्लो निकायको निर्देशनलाई भन्दा पनि व्यक्तिगत इच्छा आकांक्षाहरुलाई प्राथमिकतामा राख्नुले मुख्य मुद्धाहरु ओझलमा पर्ने गरेका छन । समाधान दिन सम्म नेतृत्वबाट भएकै छ । केही ठाउँमा पार्टीको शैद्धान्तिक भन्दा पनि व्यक्तिगत स्वत्वको प्रभावले आएको देखिन्छ । स्थानिय सरकारका विचमा स साना समस्याहरु रहेका छन तिनिहिरुलाई निराकरण गर्नका लागि पटक पटक सयुंक्त बैठक भएका छन । त्यसले पनि केही हद सम्म सहजता ल्याएको छ नेतृत्वले पुलको भुमिका खेल्ने हो त्यो भुमिकामा हाम्रो कमि भएको छैन । हुन पनि दिने छैनौ ।
जिल्लामा पूर्व एमाले र माओवादीबाट पार्टी सदस्यहरु संख्या कति छ कसरी लिनु भएको छ ?
हाम्रो जिल्लामा पार्टी सदस्यहरुको अद्यावधि भइरहेको छ । विभिन्न स्थानिय तहहरुले विवरण ल्याउने काम जारी छ । हामी संग दुवै पार्टीको करिव १० देखि १२ हजार पार्टी सदस्यहरु रहेको तथ्यांक छ ।
अहिले जिल्ला तहमा पार्टी र स्थानिय सरकार विच हुनु पर्ने समन्वय सहकार्य के भइरहेको छ ? पटक पटकका सयुक्त बैठकमा के प्रतिवद्धता जनाइन्छ र कार्यन्व्यन हुन्छ कि हुंदैन ?
विशेष गरी स्थानिय पार्टी र सरकार विच जे जति भइरहेको छ त्यो पटक पटकको छलफल अन्तरक्रिया गर्दै जाने क्रममा तुलनात्मक रुपमा राम्रो हुदै आएको छ । पटक पटकको छलफल तथा बैठकले स्थानिय सरकार र पार्टी विच एकता समन्वय सहकार्य भइरहेको छ ।  तर संघिय सांसद र प्रदेश सांसद बाट जे जति हुनु पर्ने हो त्यो भने पछिल्लो अवस्थामा हुन नसकेको अनुभुति मैले गर्दै आएको छु । समन्वय सहकार्य नगुर्नले वहाँको समस्या देख्छु । मैले दुइ तिन वटा छलफलमा भनेको छु तर वहाँहरुले जसरी समन्वय सहकार्य गरेर जानु पर्ने हो त्यो भएको छैन । के कति कारणले एक्लै जान खोज्दै हुनुहुन्छ ? मैले मात्र भन्दा वहाँहरुले बेग्लै ढंगले बुझेको महसुस गरेको छु । वहाँहरु संग सिंगो कमिटिले आवश्यक छलफल गर्छ गर्नु पर्छ भन्ने हो । मैले वहाँहरु संग समन्वय गरेर नै अघि बढेको छु तर वहाँहरुले त समन्वय गर्दै गर्नु भएको छैन । मेरो भन्दा पनि वहाँहरुको कमजोरी देख्छु । पार्टी भित्र बहस र अन्तर संघर्षका माध्यमबाट अघि बढ्ने छ समस्याको समाधान पनि हुने छ । संघिय सांसद दुर्गबहादुर रावत लामो समय कोरोनका कारण जिल्लामा आउनु भएन अहिले भेटघाटमा हुनुहुन्छ स्थानिय सरकारले गरेका काम र विकास निर्माणका कामहरुका बारेमा जानु भएको होला । त्यो राम्रो पाटो हो तर समन्वय सहकार्य गरे अघि बढ्नु कुनै अनौठो कुरा हुने भएन त्यो कस्तो भेटघाट हो अर्थपुर्ण रुपले पार्टीले हेरेको छ ।
पार्टीमा अल्पमत र बहुमतको शुरु कर्नालि प्रदेशबाट भएको छ यसलाई कसरी हेर्नु भयो ? कालीकोटको पार्टी एक ढिक्का बनाउनका लागि तपाई कार्यकारी भुमिकामा हुनुहुन्छ तपाईले के गर्नु पर्छ ?
अहिलेका आवश्यक्ता भनेका पार्टीमा अल्पमत र बहुमतको कुनै दाउपेच गर्ने समय हैन । अहिले सहमति सहकार्य गरेर अघि बढ्ने समय हो । बैचारिक तथा नितिगत रुपमा अल्पमत र बहुमत हुुनु पर्ने हो त्यो भएन तर पनि केही हद सम्मका लागि कर्नालि प्रदेश सरकारमा स्थिरता कायम भएको छ । अब देशभरमा यसले राम्रो सन्देश प्रवाह गरेको छैन । पार्टी केन्द्र देखि स्थानिय स्तर सम्म एकताका लागि पटक पटक आउने सिण्डमहरु छन त्यसमा जिम्मेवार बनेर हल खोजिनु पर्छ ।
रह्यो कुरा कालीकोटको पार्टीलाई एक ढिक्का बनाउन सबैले आ आफ्नो ठाउँबाट एकता बद्ध भइ लाग्नु पर्दछ । मैले भनेको छु कि म नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जिल्ला अध्यक्ष हुं कसैको पक्षधरता भन्ने कुरा म संग छैन ।म आजिवन जिल्ला अध्यक्ष होइन भोलिका दिनमा वहाँहरुले पनि मेरो स्तरमा आउनु हुन्छ होला त्यति बेला आउने चुनौतिका बारेमा पनि त सोच्नु पर्ने हो नि त ? पार्टीलाई बैचारिक,सांगठनिक रुपले मजबुत बनाउने सवालमा मैले के गर्नु पर्छ त्यसका लागि म तयार छु । पार्टीमा बहस छलफल गरौं । साझा मुद्धा बनाउन निष्कर्ष निकालौं । पार्टी जिवन्त रहेमा हामी रहने हौं । हामीले कसैको पक्षधरतामा कार्यक्रता स्तरमा लिएर व्यक्ति बन्ने हैन कि पार्टी बनाउनका लागि कहाँ नेर कस्ले के गर्नु पर्छ साझा बहस गरेर मात्र त्यो कुराको समाधान हुन्छ ।अहिले कसैले कसैलाई अघि सारेर गुटगत क्रियाकलाप गर्छ भने त्यसको लागि पनि गलपासो नहोला भन्न सकिन्न ?धन्याबाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित