मन्त्रिपरिषद पुनर्गठन प्रति अध्यक्ष प्रचण्ड र नेता नेपालको असहमति

7
SHARES
15
VIEWS

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद पुनर्गठन प्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता माधव कुमार नेपालले असहमति व्यक्त गरेका छन् ।

आजै ओली प्रचण्डबीच करिब ३ घण्टा छलफल भएको थियो ।

प्रचण्डले मन्त्रिपरिषद विस्तारमा नेकपाको म्यान्डेटअनुसार नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

त्यस्तै, नेता माधव कुमार नेपालले पनि प्रधानमन्त्री ओलीले एकलौटी रुपमा मन्त्रिपरिषद पुनर्गठन गरेको भन्दै आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् १२ औंपटक पुनर्गठन गर्दै अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेललाई दिएका थिए ।

त्यस्तै सहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीला श्रेष्ठलाई जिम्मेवारी दिएका थिए ।

रक्षामन्त्री ईश्वर पोखरेलको जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मा दिएका थिए । सञ्चार तथा सूचना प्रविधिको जिम्मेवारी पार्वत गुरुङलाई दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित